आगामी चैत ५ गते हुने देशभरका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमध्ये ८२ वटामा अध्यक्ष्य निर्विरोध भएका छन् । जसमा एमालेनिकट अनेरास्ववियु सबैभन्दा धेरै ३२, नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी संघ २८ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीे २१ वटा क्याम्पसको अध्यक्ष्य निर्विरोध निर्वाचित भएका छन् ।
अनेरास्ववियुबाट कोशीमा ४, बागमतीमा ८, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत निर्वाचित भए । त्रिविबाट आंगिक ६२ र सम्बन्धन प्राप्त १ हजार ४० क्याम्पसमा ५निर्वाचन हुँदैछ । जसका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।