Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २८ बुधबार, ५:१७ अपराह्न
पूर्वराजा पक्षधर राणाजी भागेर भारततिर

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा छिमेकी देशका नेताको फोटो देखाएर विवादमा परेका राप्रपाका पुराना नेता प्रदीपविक्रम राणा भागेर भारत पुगेका छन् ।

गत आइतबार पोखराबाट काठमाडौँ फर्किएका पूर्वराजाको समर्थनमा पूर्वपञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्तिलगायत विभिन्न समूहमा छरिएर रहेका राजतन्त्र समर्थक र हिन्दुवादीहरुले संयुक्तरुपमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टी ९भाजपा०का नेता योगी आदित्यनाथको फोटो अंकित ब्यानर देखाइएको थियो ।

पूर्वराजा शाहको जत्रै साइज र उस्तै आकार(प्रकारमा योगीको फोटो बनाएर र्यालीमा देखाउने व्यक्ति थिए, उनै राणा । भारतीय नेताको तस्वीर राखेर नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राख्दै सडक प्रदर्शन गरिएकोप्रति चर्को विरोध भैरहँदा उनी सुटुक्क गोरखपुर पुगेका हुन् । ’मैले भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरेको भनेर प्रहरी मेरो पछि लागेको छ । त्यही भएर भागेर भारत आउनुपर्‍यो ।’– उनले भनेका छन् ।

५८ वर्षीय राणा पुराना पञ्च हुन् । विगतमा राप्रपाको काठमाडौँ वडा नम्बर ७ कमिटी अध्यक्ष रहेका उनी डाक्टर प्रकाशचन्द्र लोहनीहको तर्फबाट कमल थापाविरुद्ध अध्यक्षमा भिडेका थिए । अहिले भने लिङ्गदेन र थापा नेतृत्वको दुबै राप्रपामा संगठित छैनन् । त्यसैले पूर्वराजा शाहकै हैसियतमा देखाउनेगरी योगीको फोटो प्रदर्शन गरिएको यो प्रकरणको दुबै राप्रपाले जिम्मा लिएका छैनन् ।

राणाले ज्यान जोगाउन देश छोड्नुपरेको उतैबाट बयान दिएका छन् । आइतबारको प्रदर्शनपछि प्रहरी आफ्नो पछि लागेको र नेपाल छाडेर भारतमा शरण लिनुपरेको उनको दावी छ । ‘मैले भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरेको भनेर प्रहरी मेरो पछि लागेको छ । त्यही भएर भागेर भारत आउनुपर्‍यो ।’– नवभारत टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन् ।

वर्तमान सरकार नहटेसम्म नेपाल नफर्किने घोषणा गरेका राणाले योगी आदित्यनाथको खुलेर तारिफसमेत गरेका छन् । योगीलाई सर्वमान्य नेताको पगरी गुथाउँदै भनेका छन्, ‘मलाई विश्वास छ कि योगीजी हिन्दू र हिन्दुत्वको लागि निरन्तर लडिरहनुभएको छ, उहाँ हामी सबैका विश्वव्यापी नेता हुनुहुन्छ । धार्मिक मान्यताअनुसार पनि म उहाँलाई असाध्यै मन पराउँछु ।’

नेपालमा राजतन्त्र फर्काउन र हिन्दू राष्ट्र बनाउन अन्तिम साससम्म लडाई जारी राख्ने बताएका राणाले कसैले उक्साएहटमा योगीको फोटो नदेखाएको भन्दै आफ्नो बचाऊ गरेका छन् ।

(जनआस्थाबाट)