Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २८ बुधबार, ५:२२ अपराह्न
डा टंक बाराकोटी : स्वास्थ्य सेवा विभागको महानिर्देशक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त हुनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयबाट डा बाराकोटीलाई विभागको महानिर्देशक नियुक्त गर्नु भएको हो ।

मन्त्रालयमा १२ औं तहमा कार्यरत उहाँ मन्त्रालयको सचिव बन्ने तीन जनाभित्र पर्नु भएको थियो । तर, सरकारले डा विकास देवकोटालाई सचिव बनायो । डा देवकोटा विभागको महानिर्दैशक हुनुहुनथ्यो । उहाँ सचिवमा बढुवा भएपछि रिक्त रहेको महानिर्देशक पदमा डा बाराकोटीलाई नियुक्त गरिएको हो ।

डा बाराकोटी लामो समय राजधानी बाहिर बसेर स्वास्थ्य सेवा दिने चिकित्सकका रुपमा परिचित हुनुहुन्छ । १२ औं तहमा बढुवा भएपछिमात्र उहाँ मन्त्रालयमा आउनु भएको हो । उहाँले पत्र भने पाउनु भएको छैन ।