होली पर्वलाई मर्यादित बनाउन राजधानीमा २ हजार ७ सय ६ जना प्रहरी परिचालन भएका छन् । ७५ स्थानमा प्रहरीले चेकप्याइण्ट राखेर मादक पदार्थ सेवन, लागुपदार्थ सेवन, तीव्रगतिसमेत परीक्षण गरिरहेको छ । मापसे र लापसे गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएको छ भने गाडीलाई होल्ड गरेर राखिएको छ ।
ट्राफिक प्रहरीका अनुसार होलीमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने, जिकज्याक चलाउने, तीव्र गतिमा चलाउने, हेलमेट नलगाइ चलाउने र तीन जना बोक्ने मोटरसाइकल र स्कुटरहलाई पनि होल्ड गरिँदैछ । प्रहरीका अनुसार मध्यान्नसम्म २०३ सवारी साधन कारवाहीमा परेका छन् भने चेकिङका लागि जनपद प्रहरी २ हजार ३८ जना र ट्राफिक प्रहरी ६ सय ७१ जना परिचालित छन् ।