१५ वर्षअघि भक्तपुरमा एक ट्याक्सी चालकको हत्या गरेर भारत पसेका बाबु तामाङलाई प्रहरीले भारत पुगेर ल्याएको छ । तर, प्रहरीले भने नेपाल भारतको सीमाबाट पक्राउ गरेको दावी गवरेको छ । बाबुले ट्याक्सी चालक काभ्रेको महादेवटार घर भएका मेघ लामाको हत्या गरेका थिए । बाबुबिरुद्ध अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
३७ वर्षीय बाबु काभ्रेको साविक भुग्देउ महांकाल गाविस– ७ का बासिन्दा हुन् । बाबुलाई भारतको प्रहरीसित समन्वय गर्दै चेन्नाइको एक होस्टलबाट पक्राउ गरिएको हो । उनलाई हिजो (बुधबार) काठमाडौं ल्याइएको छ ।
पहिचान खुल्ने डरले बाबुले धेरै ठाउँमा पुगेर काम परिवर्तन गर्दै आएका थिए ।