Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ३० शुक्रबार, १२:५२ अपराह्न
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

भारतमा बसेर नेपाली साहित्यमा योगदान दिइरहनु भएका साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा आसामको गुहाटीमा निधन भएको हो ।

‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास ििर्चत छ । प्रविणता प्रमाणपत्र तहमा यो उपन्यास पठनपाठन हुन्थ्यो । उहाँका उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘ साहित्य अकादमी पुरस्कार’ बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ ।