पहेँलो धातु सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज (शुक्रबार) सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि १ लाख ७० हजार ५ सय रुपैयाँ रहेको मूल्य शुक्रबार ४ हजार रुपैयाँले बढेको हो ।
चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ पुगेको छ । सुनको मूल्य दिनदिनै बढ्नुमा अमेरिकी डलरको मूल्य वृद्धि, वाह्य देशमा भएका राजनीतिक घटनाक्रमसमेतका कारण मानिएको छ ।