Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ३० शुक्रबार, १:३६ अपराह्न
‘नो केबलकार’ समूह : गृह मन्त्रालयद्वारा पुनः वार्तामा आउन आग्रह

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण गर्नु नहुने अडामा रहेको ‘नो केबलकार’ समूहलाई गृहमन्त्रालयले वार्तामा बस्न आग्रह गरेको छ । केबलकार निर्माण थालेपछि रोक्न माग गर्दै आन्दोलन गर्दै आएको पक्षलाई गृह मन्त्रालयले पुनः वार्ताका लागि आह्वान गरेको हो । गृहमन्त्रालयका सहसचिब तथा वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले शुक्रबार (आज) यो समूहलाई पत्र लेख्दै पुनः वार्तामा बोलाएका हुन् । यो समूहले वार्ता र आन्दोलन साथसाथ लाने बताउँदै आएको छ । र, आन्दोलनका कार्यक्रमहरु पनि गर्दै आएको छ ।