अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गर्दा जहाजमा आगो लागेको छ । जहाजमा रहेका १ सय ७२ यात्रु र चालक दलका ६ जना सबैको सकुशल उद्धार गरिएको छ । बिहीवार (हिजो) साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरेर कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गर्नासाथ जहाजको इन्जिनमा आगो बल्यो, जहाजमा रहेका यात्रु ओर्लन पनि पाएनन् ।
उनीहरु जहाजको पखेटामा उभिएका थिए । आगोका कारण जहाज भित्र धँवा मडारिएको थियो । एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७÷८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्नासाथ जहाजको इन्जिनमा समस्या देखिएपछि डाइभर्ट गरेर अवतरण गरिएको थियो।
विमानस्थलमा खटिएका सुरक्षाकर्मीले जहाजको पंखामा उभिएका यात्रुको उद्धार गरेका थिए ।