नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को फोटा जलाउने राप्रपाका नेता निराजन बम पक्राउ परेका छन् ।
बमलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउन लागेका उनलाई पक्राउ गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
शनिबार मकवानपुरको हेटौंडामा राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको फोटो जलाएका थिए ।