नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) सँगै नौ जना उच्च प्रहरी अधिकृत सेवा अवधिका कारण भोलि (सोमवार) बाट अवकासमा जाँदैछन् ।
३० वर्षे सेवाअवधि पूरा भएका कारण आईजीपी बसन्तबहादुर कुँवरसँगै एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकासमा जाने भएका हुन् । यस्तै प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश चन्द, भोला रावल र ध्रुव राउत पनि अनिवार्य अवकाशमा जाने भएका हुन् ।
अब आईजीपी बन्ने लाइनमा एआईजीहरु दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ रहेका छन् । यी तीनजनामध्येबाट सरकारले भोलि (सोमबार) भित्र आईजीपी नियुक्त गर्नेछ ।