संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेवननमा तैनाथ श्री ईन्द्रध्वज गण (शान्ति सेना) ६५औँ डफ्फालाई बदली गर्नको लागि सबुज गणको ६६औँ डफ्फाका १ सय ९३ जना नेपाली शान्ति सैनिकको अन्तिम टोली सेनानी सुमन सिलवालको नेतृत्वमा आज (सोमबार) गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ६५औँ डफ्फामा कार्यरत १ सय ९३ जनानै शान्ति सैनिक प्रमुख सेनानी अर्जुनविक्रम थापाको नेतृत्वमा सोमवार नै स्वदेश फिर्ता भएका छन् ।
हाल यो मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कूल ८ सय ७६ जना शान्ति सैनिक कार्यरत रहेका छन् ।