बालबालिका र युवामा वित्तीय साक्षरता बढाउन ग्लोबल मनीविक नेपाल बीमा प्राधिकरणले अभियानको रुपमा अघि बढाएको छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ को संयोजनमा हरेक वर्ष मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल मनीविक मनाउने गरिएको छ ।
ग्लोबल मनीविक– २०२५ को पहिलो दिन नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले पैसाको महत्व, बचत र सदुपयोगलगायतका विषयमा आमरूपमा जानकारी दिनका लागि गाउँगाउँमा वित्तीय साक्षरता फैलाउनु आवश्यक रहेको र त्यसका लागि सहकार्य गर्न प्राधिकरण तयार रहेको बताउनु भयो ।
कार्यकारी निर्देशक सुवेदीले ग्लोबल मनीविक– २०२५ मनाउने क्रममा प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूबाट विद्यालयस्तरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू आयोजना गर्नेे र विद्युतीय माध्यमबाट पनिवित्तीय साक्षरता सम्बन्धीजानकारीमूलककार्यक्रमहरू संचालनगर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी लगायतका वक्ताहरूको पैसाको महत्व, बचत, सदुपयोग, सही लगानी र ठगी नियन्त्रण लगायतका बारेमा बालबालिका तथा युवालाई सुरूदेखि नै जानकारी दिनुपर्ने बताउनुभयो ।
समाजका हरेकस्तरमा वित्तीय साक्षरतातथा ज्ञान अभिवृद्धिका लागि सम्वद्ध सबै निकायबीच सहकार्यको आवश्यकतासमेत उहाँहरूले औंल्याउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका पदाधिकारी तथा कर्मचारीहरूका साथै नेपाल स्टक एक्सचेञ्ज, नेपाल स्टक ब्रोकर्स एसोसिएसनलगायत वित्तीय क्षेत्रका विभिन्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।