Advertisement GIF
कल्पवृक्ष
चैत्र ५ मंगलबार, ४:४४ अपराह्न
‘सुगुप’ चलचित्र दुबईमा प्रिमियर ‘शो’ हुँदै

 

नेपाल राष्ट्रिय चलचित्र पुरस्कर– २०२५ बाट पुरस्कृत एवम् राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड पाउन सफल फिल्म ‘सुगुप’ लिम्बू समुदायको संस्कारलाई लक्षित गररे बनेको नेपाली चलचित्र हो । यो चलचित्र स्वदेश तथा विदेशमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।

अब यो चलचित्र दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा आउने मार्च ३० मा प्रदर्शन हुँदैछ ।

यो चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई लोकेन साँवाले निर्देशन गर्नु भएको हो ।

यो चलचित्रमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूले श्वर दिएका छन् । पार्शसंगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ ।

पटकथा संवाद देवेन्द्र खापुङ ‘सुर्केली’ को छ भने छायाँङकन युवराज राई ‘वीरवहादुर’ को रहेको छ ।

यो चलचित्र मुख्य निर्माता र प्रस्तुतकर्तामा रविनकुमार नाल्बो, निर्मातामा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्मातामा माननीय एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, स्वर्गीय रामप्रसाद पन्दाक रहनु भएको छ ।