Advertisement GIF
२५ करोड १९ लाख रकमसहित पक्राउ परे फुच्चे : सुन किन्न चीनतर्फ लगिँदै थियो

राजधानी काठमाडौंमा २५ करोड १९ लाख रुपैयाँ नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षका फुच्चे भनिने कुसाङ लामा छन् । फुच्चे नगद ट्रकमा बोकेर सुन किन्न चीनतर्फ गइरेका थिए । सुराकीको आधारमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । हिजो (सोमवार) मात्र एक चिनिया नागरिकले यो रकम फुच्चेलाई दिएको प्रहरीले जनाएको छ ।

रसुवा नाकाहुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको कार्यलयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिनु भयो ।

बरामद भएको रकममा अमेरिकी डलर, यरोसमेतका बिदेशी मुद्रा र नेपाली रुपैयाँ रहेको छ । यो रकम २५ करोडभन्दा बढी हुने प्रहरीको भनाइ छ ।