त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचनभइरहेको छ । त्रिविका ४६ आंगिक र २ सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको हो । त्रिविका ६२ आंगिक र १ हजार ४ सय बढी सम्बन्धनप्राप्त क्याम्पस रहेका छन् । तीमध्ये करिव ३ सयमा मंगलवार (आज) निर्वाचन भइरहेको हो ।
राजधानीका पाटन बहुमुखी क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, नेपाल कमर्स क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन क्याम्पस, ललितकला क्याम्पससहितका क्याम्पसमा निर्वाचन भइरहेको छ ।
६२ मध्ये ४६ वटा आंगिक क्याम्पसमा मात्रै चुनाव हुँदा ठूला क्याम्पसमा भने तालाबन्दी हुन पुगेको छ । दुई– दुई वर्षमा हुने स्ववियू निर्वाचनकै मुखमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, आरआर, शंकरदेव, रत्नराज्य, नेपाल ल, विश्वभाषा, पब्लिक युथ, सरस्वती, अमृत साइन्ससहितका क्याम्पसमा निर्वाचन प्रभावित भएको छ ।