नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा पार्टीका महामन्त्री गगन थापा पक्ष्यका माधव चम्लागाईं निर्वाचित भएका छन् ।
चम्लागाईंले ३ सय ५१ मत ल्याएर विजयी भए भने अर्का प्रत्यासी डा शेखर कोइराला पक्ष्यका विकास थापाले ८८ मत ल्याए । तीन जना अध्यक्षमा उमेद्वार बनेका थिए । अर्का उमेद्वार कल्पना खड्काले १३ मत मात्र पाइन । खड्का पार्टी प्रवक्ता डा रामशरण महतनिकट मानिन्छिन् ।
संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । ३९ जना निर्वाचित र १२ जना मनोनित हुने विधानको व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्