पार्टी विधानले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले लिखित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यही प्रावधानलाई टेकेर दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको समूहले औपचारिक रूपमा विशेष महाधिवेशनको माग अघि सारेका छन्। उनीहरूको दाबी छ– पार्टीको वर्तमान नेतृत्व संरचना निष्क्रिय छ, संगठन तलसम्म कमजोर छ र चुनावी पराजयपछि पनि जिम्मेवारी लिने संस्कार विकसित हुन सकेको छैन। महामन्त्री थापाले सार्वजनिक मञ्चमै भनेका छन्, “विधानअनुसार प्रक्रिया अघि बढाउनु विद्रोह होइन, लोकतान्त्रिक कर्तव्य हो।” यो अभिव्यक्तिले नेतृत्वतर्फ सिधा राजनीतिक सन्देश पठाएको छ।
नेपाल प्रहरीको इतिहासमै सबैभन्दा ठूलो घोटाला भनेर चिनिने सुडान काण्डलाई बाहिर ल्याउने श्रेय मन्त्री भण्डारीलाई जान्छ । जुन प्रकरणले नेपालको सत्ता नै हल्लाएको थियो । जसमा तीनजना प्रहरी महानिरीक्षकसमेत पाँच दर्जन प्रहरीदेखि बिचौलियासम्म मुसिएका थिए । यो भनेको संयुक्त राष्ट्र संघको सुडान मिशनमा बन्दोबस्तिका सामान खरिदमा भएको अनियमितता हो । अर्थात आर्म प्रोटेक्सन क्यारियर (एपिसी) को खरिदमा भएको २९ करोड घोटाला प्रकरण । यो मन्त्री भण्डारीकै कारण सार्वजनिक भएको र कारवाहीको दायरामा आएको मानिन्छ ।
यस समयमा मेरो आमाको धेरै याद आउँछ। “परेपछि मात्र थाहा हुन्छ” भन्ने भनाइ सही छ। आमा हुनुको सुख–दुःख आफैले भोगेपछि मात्र थाहा हुन्छ। दुःख नभए जीवन अधुरो, सुख मात्र भए जीवन नीरस हुने थियो। जे जस्तो भए पनि समय एकनासले निरन्तर बहिरहेको छ र जीवनका अमूल्य पलहरू आफ्नै धुनमा पल्टिरहेका छन्।
यो सपनाको देशमा सबै कुरा छन्स् दुःख, सुख, पीडा, हासो, र खुशी। यी सबै भए पनि आफ्नो परिवार, आफन्त र मातृभूमिको सम्झनाले जीवन अपूर्ण नै रहन्छ। सम्पूर्ण भौतिक सुविधा भए पनि मनमा पूर्ण चैन हुँदैन, किनकि अर्काको ठाँउ र परिवेशलाई आफ्नो बनाउनु गाह्रो हुन्छ। भौतिक शरीर मात्र यहाँ छ, तर मनहरू आफ्नै मातृभूमिमा हुन्छन्।
युवापुस्ताले नेतृत्व गरेको राजनीतिक आन्दोलन र अन्तरिम सरकार गठनसँगै नेपाल अहिले कूटनीति र सुरक्षा नीतिको संवेदनशील मोडमा पुगेको छ। विश्लेषकहरूको भनाइमा, यस्तो अवस्थामा परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न निष्पक्ष, रणनीतिक दृष्टि सम्पन्न र व्यावसायिक परराष्ट्र मन्त्रीको नियुक्ति अपरिहार्य बनेको छ। नेपाल भारत र चीनबीचको भौगोलिक अवस्थिति र अमेरिका, बेलायतसहितका मुलुकहरूसँगको बढ्दो सम्बन्धले गर्दा नेपालले अत्यन्तै सचेत
नेपालजस्तो विकासोन्मुख मुलुकका लागि एआई एउटा अवसर र चुनौती पनि हो । समयमै तयारी गर्न सकेमा यसले शिक्षा, स्वास्थ्य, व्यवसाय र शासन प्रणालीमै सुधार ल्याउन सक्छ । तर तयारी नगरेको खण्डमा भने बेरोजगारी र सामाजिक असन्तुलन बढ्न सक्ने विज्ञहरूको चेतावनी छ । यसकारण, आर्टिफिसियल इन्टेलिजेन्सलाई खतरा होइन, एउटा अवसरको रुपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ । यसै कारण एआईलाई सदुपयोग गर्न सरकारले तत्काल नीति बनाउने र युवाहरुलाई एआईप्रति चनाखो भएर सीप सिक्ने अवसर दिन ढिला गर्नु हुन्न । जसले देशको समग्र विकासमा केही योगदान दिन सकोस् ।
भ्लगमा जुम्लाको माहोल हेर्दा अब जनताको चाहना भनेको गणतन्त्रका ठेकेदारहरुलाई किनारा लगाउन हृदयेन्द्रजस्ता अवोध युवाको आवश्यकता छ। जसले देश चिनोस्, नेपाली चिनोस्। जुम्लाजस्तै देशका अन्य ७६ जिल्लामा पनि अब हृदयेन्द्र पुग्नुपर्छ, या उनलाई देशाटन गराउनुपर्छ। यसबाट भ्रष्टाचार र अनियमिततामा डुबेका नेता, कर्मचारीदेखि बिचौलियासम्मको मुटुमा धड्कनको चाप बढोस्। उनी देशाटनमा निस्किए भने नेपालको राजनीतिक माहोल नै परिवर्तन हुने देखिन्छ। अरु केही नभए पनि दरबारमा राम्रा मानिस पनि जन्मने रहेछन् भन्ने नेपालीले जानकारी पाउनेछन्।
यी तीनै समूह मैदानमै उत्रिसकेका छन्। हाल सभापति रहेका देउवाको समर्थन लिएर एक समूह सभापतिको उम्मेदवारी दिने कसरतमा छ। यो समूहका नेताहरूले कसलाई सभापतिको उम्मेदवार बनाउने भन्ने तय गर्न सकेका छैनन्। यो समूहमा देउवासँग सभापति पदमा चुनाव लडिसकेका नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि पनि छन्। यस्तै हालका उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्रीसमेत रहेका बीपी कोइरालाका छोरा शशांक कोइराला पनि यही समूहमा छन्। यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि यही समूहको नेता बन्ने दौडमा छन्। यी सबै नेताहरू देउवा समूहको आधिकारिक उम्मेदवार आफू बन्नका लागि विभिन्न छलफल चलाइरहेका छन्।
मेरो लागि १७औँ कर्मापा थिन्ले थाय दोर्जे केवल एक धार्मिक गुरूमात्र हुनुहुन्न । उहाँ एक प्रेरणाका स्रोत हुनुहुन्छ, जसले मलाई जीवनमा सकारात्मक हुन, दयालु हुन र अरूको भलाइको लागि सोच्न सिकाउनु भयो ।
बोधगयामा उहाँको पहिलो दर्शनपछि मेरो जीवनप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आयो । मैले सानातिना कुरामा खुसी खोज्न थालेँ र अरूप्रति सहिष्णु बन्न सिकेँ । उहाँका अनुहारमा सधैँ देखिने त्यो शान्त मुस्कानले मलाई सधैँ याद दिलाउँछ कि जीवनका कठिनाइहरूमा पनि हामीले आफ्नो भित्री शान्ति र खुसीलाई कायम राख्न सक्नुपर्छ ।
एमालेकी पूर्वनेतृसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई उनकै नेतृत्वमा चीनको भ्रमण गराउनेदेखि त्यहाँको आशीर्वाद लिएर एमाले नेतृत्व नै कब्जा गर्ने अभीष्ट पौडेलको योजनाअनुसार गरिएको थियो। त्यो अहिले भुत्ते भयो। केपी ओलीले एमालेलाई यो स्तरमा पुर्याउन गरेको योगदानको कदर गर्दै बहुमत पक्ष उनकै लाइनमा अडिग भयो। अनि, भण्डारीलाई बोक्ने, उचाल्नेदेखि भण्डारी शक्तिमा आएको अवस्थामा ‘भाग’ खान पाइने आशा बोकेकाहरू घर न घाटका भए।
बीपीको बाटो छोड्ने विषय आर्थिक उदारीकरणबाटै सुरु हुन्छ। विशेषगरी महेश आचार्य र रामशरण महत अर्थमन्त्री भएका बेला आर्थिक उदारीकरणको नीति अवलम्बन गरे। धेरैले यसलाई बीपीको एन्टीथेसिसजसरी प्रचार गरे। आर्थिक उदारीकरणलाई एन्टिथेसिस प्रयोग गर्नेमध्ये एक जना स्वर्गीय प्रदीप गिरी पनि हुनुहुन्थ्यो। उहाँले संसदबाटै भन्नु भयो कि- ‘धान र गहुँ छुट्याउन नसक्नेले आर्थिक नीति बनाएका छन्।’ त्यो प्रहार कांग्रेसको आर्थिक उदारीकरणको नीति र त्यो नीति अवलम्बन गर्ने/गराउने पछाडिका पात्रमाथि थियो।
यो लक्ष्य पूरा गर्न इन्डिपेन्डेन्ट पावर प्रोड्युसर्स एसोसिएसन नेपाल ९इप्पान० ले दिएको सुझाव र मागलाई समेट्दै ८१ बुँदे कार्ययोजना ल्याइएको छ । इप्पानका अनुसार, जलविद्युत, पर्यटन र कृषि यी तीन क्षेत्र नेपालको समृद्धिका मेरुदण्ड हुन्। तर, ठूलो संख्यामा युवा विदेशिने र कृषि क्षेत्रमा आत्मनिर्भरता घट्दै गएपछि कृषिमा आयात बढेको छ । पर्यटनको सम्भावना प्रचुर भए पनि त्यो स्तरमा विकास हुन सकेको छैन । यस्तो परिस्थितिमा छोटो समयमा समृद्धि हासिल गर्न सक्ने प्रमुख क्षेत्र जलविद्युत नै रहेको इप्पानको निष्कर्ष छ।
यी सबै झन्झट पार गरेर आयोजना निर्माणमा गएपछि त्यहाँ पनि अनेकथरी सास्ती आयोजनाले व्यहोरिरहनु परेको अवस्था छ । आयोजनाको बाटो बनाउन, सुरुङ बनाउन धेरै बिस्फोटक पदार्थ आवश्यक पर्छ, जुन भारतबाट मात्रै आयात गर्न सकिन्छ । चीनबाट ल्याउँदा त्यसको लागत निकै धेरै पर्न जाने हुनाले त्यतातिर व्यवसायीले सोच्न सक्दैनन् । भारतबाट ल्याउँदा पनि वर्षौसम्म एनओसी नै नपाउने समस्या छ । आयोजनाका लागि चाहिने अन्य उपकरणहरु पनि विदेशबाट नै आयात गर्नुपर्छ, भन्सार विभागको कर्मचारी सरुवा हुने बित्तिकै त्यहाँ पनि सास्ती दिने गरिएको छ । विद्युत विकास विभागले भन्सार छुटको लागि सिफारिस गरेपनि लामोसमयसम्म भन्सारमा सामान रोकिँदा त्यहाँको गोदाम भाडामै करोडौं रुपैयाँ अतिरिक्त खर्च गर्न बाध्य भएका प्रवद्र्धकहरुको संख्या पनि धेरै छ ।
राजनीतिक दलका नेताहरूले सैनिक गतिविधिलाई हार्दिकताका साथ स्वीकार गर्न सकिरहेका छैनन्। कतिपयले सेनाको अतिसक्रियताका रूपमा लिएर विषयको बहस विषयान्तर गर्ने प्रयास नगरेका पनि होइनन्। उनीहरु सेनालाई राजनीतिक स्वार्थसिद्धको उपकरण बनाउन तल्लीन छन्। राजनीतिक दलका नेताहरूको अभीष्ट अल्पकालीन हुन्छ। अल्पकालीन र व्यक्तिगत स्वार्थकेन्द्रित काममा मात्र राजनीतिक दलका नेताको बढी चासो हुन्छ। आफ्ना अल्पकालीन राजनीतिक अभीष्ट पूरा गर्न कतिपय दलका नेताहरूले सैनिक कूटनीतिकका विविधि पक्षलाई राम्रोसँग पर्गेल्न नसक्दा त्यको परिणाम भने सैनिक कूटनीति र स्वयं राजनीतिक दलको दीर्घकालीन छविलाई कमजोर बनाउने गरेको टिप्पणी जानकारहरूले गर्दै आएका छन्।
सैनिक कूटनीतिको दीर्घकालीन फाइदा राजनीतिक तहमा बुझ्न र बुझाउन नसक्नु पनि यसको बाधक मानिन्छ । सैन्य कूटनीतिकमा प्रशिक्षित जनशक्तिको देशमा कमी छ । नेपाली सेनामा विदेश नीति, रक्षा रणनीति वा कूटनीतिक वार्ता गर्न सक्ने विशेषज्ञहरूको अत्यन्तै कमी छ । अनि, विदेशस्थित नेपाली दूतावासहरूमा सैन्य कूटनीतिका प्रतिनिधि (सैनिक सहचारी) राख्ने अभ्यास पनि नाम मात्रको छ । भारत, चीन, अमेरिका र बेलायतसमेतका केही देशमा मात्र यस्ता प्रतिनिधि राखिएका छन् ।
जीविकोपार्जनको लागि अथवा आफैले उपयोग गर्ने गरी पालन गरिएको कुखुरा पालन व्यवसाय अब व्यवसायीकरण हुँदै अहिले पूर्ण प्रतिस्पर्धाको अवस्थामा प्रवेश भइरहेको अवस्था छ। हाल नेपालमा प्रतिदिन ३ हजार मेट्रिक टन कुखुराको दाना तथा प्रति हप्ता ३० लाख ब्रोइलर कुखुराको चल्ला उत्पादन हुने गरेको छ । त्यस्तै, यस क्षेत्रमा वित्तीय संस्थाबाट करीब १ खर्ब ५० अर्ब रुपैयाँको ऋण तथा त्यतिकै संख्यामा स्व–पूँजी लगानी भएको अवस्था छ।
सहुलियत कर्जाको नाममा गरिब, युवा, महिला, विपन्न र सीमान्तकृत वर्गको नाम लिइए पनि व्यवहारमा भने कर्जाको पहुँच सधैं शक्तिशाली, पहुँचवाला र शहरी क्षेत्रका व्यवसायीहरूमा केन्द्रित देखिन्छ । सहुलियत कर्जाले गरिबको जीवनस्तर उकास्न सक्नुको साटो समाजमा असमानता बढाउने माध्यम बनेको छ । मौद्रिक नीतिमा पारदर्शी कार्यान्वयन संयन्त्र, लक्षित अनुगमन र प्रभाव मूल्याङ्कनको संयन्त्र नहुँदा यो चुनौती थप जटिल बनेको छ ।
मदन भण्डारी फाउण्डेशनको यात्रा यस्तै दुःख र पीडाका बीचबाट सुरु गर्नुपरेको थियो । मदन भण्डारी फाउण्डेशनलाई एउटा संस्थाका रूपमा भन्दा पनि जननेताका विचारलाई देशभर फैलाएर त्यसलाई स्थापित गराउने र देशमा सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने एउटा अभियानको रूपमा म परिभाषित गर्न चाहन्छु । यो फाउण्डेशनको यस्तो अभियान जारी राखिरहनु पर्दछ भन्ने मेरो गहीरो विश्वास समेत रहेको छ ।
असार ७ गते श्री ३ जङ्गबहादुर राणाको २०८औं जन्मजयन्ती । यस अवसरमा महान राष्ट्रिय बिभूति जङ्गबहादुर राणाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेपालमा उहाँले पुर्याउनुभएको योगदानको उच्च सम्मानसहित सदा स्मरणमा रहिरहने विश्वास र प्रण गर्दछौं । श्री ३ जंगवहादुरले गरेका महत्वपूर्ण कार्यहरु निम्न छन् ।
डिजिटल बैंकिङको सम्भावनासँगै जोखिम पनि छन् । साइबर सुरक्षाको जोखिम, ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच, जनताको वित्तीय बुझाइ र प्रयोग व्यवहारलाई नहेरी लिइने नीति अल्पकालीन आकर्षण त बन्न सक्छ तर दीर्घकालीन समस्या निम्त्याउन सक्छ । डिजिटल रुपान्तरणका लागि पूर्वाधार, शिक्षा र व्यवहारको तयारी सुनिश्चित हुनु अनिवार्य छ ।
यसले नेपालमा रहेका परिवारलाई बिनाशकारी आर्थिक र भावनात्मक असर पारेको छ, जसले प्रायः आफ्नो आयको मुख्य स्रोत गुमाउँछन् र आफ्ना प्रियजनको भाग्यको बारेमा निरन्तर डर र अनिश्चिततामा बाँचिरहेका हुन्छन् । नेपाल भित्रको आर्थिक कमजोरीलाई बाह्य शक्तिहरूले दुरुपयोग गर्दा यो भर्तीमा संकट सिर्जना भएको छ, जसले प्रभावित परिवारहरूको लागि मानवीय संकट निम्त्याएको छ । यस्ता भ्रामक कथाहरूले नेपाली नागरिकका लागि बिदेशमा रोजगारीका अवसरहरूबारे थप जनचेतना र नियमनको आवश्यकतालाई उजागर गर्दछ।
नेपालले पटक– पटक राजनीतिक परिवर्तनका लहरहरू देखेको छ । तर, परिवर्तनको सार्थक अनुभूति जनताले कत्तिको गरेका छन् ? सामाजिक–आर्थिक स्तरमा सुधार नआउँदा जनता निराश, आक्रोशित र प्रश्नार्थ बनेका छन् । विशेष गरी युवा पुस्ता अब निष्क्रिय दर्शकमात्र बस्न चाहँदैन, बरु निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने मुडमा देखिन्छ।
देशको वर्तमान परिस्थितिले राजनीतिक धारहरूको पुनर्संरचनाको संकेत गरिरहेको छ। समाजवादी धारहरू आपसी टकरावको शिकार भइरहँदा पूँजीवादी धारा र पुनरुत्थानवादी शक्तिहरूबीच सम्भावित गठजोडको संकेत देखिन थालेको छ। यस्तो अवस्थामा प्रश्न उब्जिएको छ, नेपालले कुन आर्थिक मार्ग अवलम्बन गर्ने ? नेपाली अर्थतन्त्रलाई समाजवादी सिद्धान्तअनुरूप आत्मनिर्भर बनाउने कि पूँजीवादी मोडेललाई नै स्वीकार्दै जाने ?
एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपा (नेकपा) लाई फुटाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा ल्याएको अध्यादेशकै कारण माधवकुमार नेपाल (माकुने), झलनाथ खनाल, बामदेव गौतमसमेतका १० भाइले नेकपा फुटाए र त्यसमा पश्चिमाहरुले राम्रो खेल खेलेर आफ्नो नियन्त्रणमा रहेको सर्वाेच्च अदालतलाई प्रयोग गरे । जसकै कारण एमालेबाट डराएका शक्तिहरु (पाँच दल) मिलेर २०७९ को निर्वाचनमा होमिए । त्यसको नतीजा उनीहरुको पक्षमा भने राम्रो आएन ।
“बेल्जियमका उपनिवेशवादी र क्याथोलिक मिसनरीहरूले १९ औं शताब्दी तिर अफ्रिकामा तयार गरेको सिद्धान्त हो हामीटिक हाइपोथेसिस (Hamitic Hypothesis) सिद्धान्त ! उन्नाइसौं शताब्दीका युरोपेली उपनिवेशवादी मानवशास्त्रीहरु चार्ल्स गेब्रियल सेलिगम्यान (1873 – 1940)द्वारा Races या Africa नामक सोधग्रन्थ लेखे, त्यस्तै जोसेफ आर्थर डे गोबिनाउ ( १८१६ – १८८२) The inequality या human races जस्ता नश्लिय विभाजनको पुस्तक लेखेर दक्षिण अफ्रिकामा नश्लिय विभाजनको सुरुवात गरे । यसरी अफ्रिकाको काला जाति भित्र पनि फरकफरक नश्लको मान्छेहरु छन् भनेर अफ्रिकामा ३ वटा जातीय समुह खडा गरे ।“हामीटिक“ सेमिटिक, र कुशाइटिक बनाएर त्यसमध्ये हामीटिक जातिहरू चाहिँ बाहिर बाट आएको हो र यिनै बाहिर बाट आएका “हामीटिक” हरुले अफ्रिकामा आएर सभ्यताको विकास गरे भनेर एउटा काल्पनिक सिद्धान्त प्रतिपादन गरे ।”
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसित ‘जोरी’ खोज्नेको के हाल हुन््रछ भन्ने पछिल्लो घटनाले देखाएको छ । यसअघि १५ वर्षसम्म माधवकुमार नेपाल नेकपा एमालेको महासचिव रहेर हालिमुहाली गर्न पाएका थिए । तर, जब एमालेमा केपी ओली हावी बन्दै गए, त्यसपछि भने नेपालको राजनीति नै कीनारा लाग्दै गयो । जसकै कारण उनले नेकपा एस
“पछिल्लो समय किराँत समुदायमा ‘याङ्बेन’ निकै रुचाइएको मांसाहारी परिकार बनिरहेको छ। यो परिकार झ्याउ, सुंगुरको मासु, र रक्तीको मिश्रणले तयार हुन्छ। याङ्बेन बनाउन झ्याउ (१ सय ग्राम), सुंगुरको मासु (१ किलोग्राम), रक्ती (५०० ग्राम), बेसार, नुन, सुकेको खोर्सानी, जिरी, अदुवा, लसुन, कुकिङ तेल, र टिम्मुरको धुलो आवश्यक पर्छ। मासुलाई भुटेर मसलाको मिश्रण गर्ने र रक्ती तथा झ्याउ थपेर करिब १५ मिनेट पकाएपछि स्वादिलो याङ्बेन तयार हुन्छ। झ्याउको प्रयोगले मासुको स्वादलाई उत्कृष्ट बनाउने भएकाले यो परिकार किराँत समुदायमा विशेष लोकप्रिय छ। “
“पाँचथर समाजको ५ औं अधिवेशनले नयाँ कार्यसमिति समयमै दिन नसक्दा संस्थापक र सदस्यहरू मर्माहत भएका छन्। संस्थालाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै तत्काल समाधानका लागि चार विकल्प प्रस्ताव गरिएका छन्। प्रस्तावमा नेतृत्व परिवर्तनको सुझावसँगै महिलाको सहभागिता वृद्धि र राजेन्द्रकुमार थाम्सुहाङलाई अध्यक्ष बनाउँदै समाजलाई उद्देश्य र गन्तव्यमा पु¥याउन सक्रिय बनाउने उपायहरू समावेश छन्।”
“नेपाल पत्रकार महासंघले विगतमा पत्रकारहरूको हकहित र स्वतन्त्रताको रक्षा गर्दै महत्वपूर्ण भूमिका खेले पनि पछिल्लो निर्वाचनले महासंघभित्रको नेतृत्वमा दलगत हस्तक्षेप, कर्पोरेट दबाब, र स्वार्थपूर्ण राजनीतिले गम्भीर समस्या उत्पन्न गरेको छ।निर्वाचन प्रक्रियामा दलहरूको प्रत्यक्ष संलग्नता, बालुवाटारमा उम्मेदवार चयन, र कर्पोरेट मिडियाको प्रभावले महासंघको स्वायत्तता संकटमा पारेको छ। श्रमजीवी पत्रकारहरूको मुद्दा प्राथमिकतामा नपर्दा महासंघको वास्तविक उद्देश्य ओझेलमा परेको छ।निर्मला शर्मा र रामप्रसाद दाहालको नेतृत्वले महासंघलाई सुधार गर्न सक्ने वा संस्थालाई दलगत र कर्पोरेट स्वार्थको थलोमा सीमित गर्ने भन्ने प्रश्न उठेको छ। महासंघको उद्देश्य विपरीत देखिएको यो संकटले पत्रकारिताको स्वतन्त्रतालाई खतरामा पारेको छ, र श्रमजीवी पत्रकारहरूको एकताबद्धता तथा संरचनात्मक सुधारको आवश्यकता झनै महत्त्वपूर्ण बनेको छ।”
“यो सामग्रीले नेपालका प्रमुख हिन्दू मन्दिरहरूको सूची प्रस्तुत गर्दछ र यी मन्दिरहरूबाट पवित्र माटो र पानी सङ्कलन गरी ठूलो यज्ञ आयोजना गर्ने योजनाबारे जानकारी दिन्छ। यसले भविष्यमा धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने योजनाहरूबारे पनि चर्चा गरेको छ, जसमा अनलाइन मन्दिर दर्शन र भर्चुअल तीर्थयात्रा प्याकेजहरू समावेश छन्। यसले पवित्र स्थलहरूमा पहुँच बढाउन र भक्तजनहरूको आध्यात्मिक भागीदारीलाई प्रोत्साहित गर्नको लागि यी कार्यक्रमहरूको महत्त्वलाई विशेष रूपमा जोड दिएको छ।”
भ्रष्टाचारभित्र पनि कसरी झन् ठुलो भ्रष्टाचार हुँदोरहेछ भन्ने तथ्य ललिता निवास, नक्कली शरणार्थी, क्वीन्टलौँ सुन आदि काण्डले प्रष्ट पारेकै छ । जनताले विश्वास गरेर माथि पुरÞ्याएका पात्रहरूकै अनुसन्धान फाइलहरू बाक्ला हुदै जाँदा ‘राजा आउ, देश बचाउ’ भन्ने ब्यानरको बजार तेजी हुनु स्वभाविक हो ।
“चियाको उत्पत्ति ईसा पूर्व २७४० मा चीनबाट भएको विश्वास गरिन्छ। त्यसताका चीनका बादशाह सेननु सिकार खेल्न जंगल गएको अवस्थामा थकाइ लागेर थकाइ मेट्न र पानी पिउन एउटा रुखको फेदमा बसेका थिए। उक्त समयमा रुखबाट पात झरेको र पानी राखेको ग्लासमा पसेपछि पानीको रंग परिवर्तन भएको थियो। त्यो पानी पिउँदा स्वादमा फरक परेको र टाउको दुख्न पनि कम भएको महसुस बादशाहले गरेका थिए। त्यसपछि बादशाहले रुख र पातलाई संरक्षण गर्दै औषधिको रूपमा प्रयोग गर्न थालिएपछि चिनीया भाषामा TAY, TE र TEA हुँदै चिया नामाकरण भएर आएको विश्वास गरिन्छ।”
“नेपालका प्रमुख खाद्य बालीहरू धान, मकै, गहुँ आदि मानिन्छन्। खाद्य तथा पोषण सुरक्षामा यसका अलावा अन्य बालीहरू—कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे, मार्सी आदिको पनि विशेष भूमिका र महत्व रहेको पाइन्छ। सामान्यतया कृषकहरूले सदियौँदेखि लगाउँदै र संरक्षण गरी आएका बालीहरूलाई रैथाने वा स्थानीय बाली भनिन्छ। यी बालीहरू स्थानीय हावापानीअनुकूल, जस्तै सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि, रोग र किरा सहन सक्ने खालका हुन्छन्। रैथाने बालीमा जलवायु परिवर्तनको असर अन्य उन्नत बाली तथा जातको तुलनामा स्थिर रहेको अध्ययनबाट पाइएको छ। नेपालमा कूल खेतीयोग्य जमिनमध्ये करिब ३ लाख ५० हजार हेक्टर भूमिमा रैथाने जातका बालीहरू उत्पादन हुने गरेको तथ्याङ्कले देखाउँछ।”
“तपाईंलाई थाहा छ, सरकारले गाँजा किन प्रतिबन्ध गरेको तपाईंले कहिले कतै सुन्नुभएको छ फलानो गाँजा खाएर मरेछ भनेर पक्कैपनि सुन्नुभएको छैन । किनकि, गाँजा खाएर मान्छे मरेकै छैन । हो, कसैलाई अरु रोग पनि छ र अत्यधिक गाँजाको सेवन गरेको छ भने मर्न पनि सक्ला । तर, गाँजा नै अधिक खाएर लठ्ठ होला, एकसुरिया होला, तथापि मर्न चैँ मर्दैन ! मान्छे मर्ने भनेको त रक्सी चुरोट अत्यधिक खाएर पो हो !”
” देशको प्रमुख कार्यकारी पदमा रहेका केही व्यक्ति पुनः राजनीतिमा फर्केका छन् भने केही राजनीतिक माहोल बनाउन अग्रसर छन्दे, शको दोस्रो उपराष्ट्रपति बनेका नन्दकिशोर पुन (पासाङ) माओवादी केन्द्रको तर्फबाट त्यस पदमा पुगेका थिए । अहिले उनी माओवादीको उपाध्यक्ष बनिसकेका छन् , सबैलाई आश्चर्यमा पार्दै पार्टी कमिटी बैठकमा उपस्थित भएका उनलाई उपाध्यक्षमा मनोनीत गरियो “