सरकारले आगामी फागुन २१ मा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । यो मितिमा निर्वाचनमा जानु भनेको फेरि देशलार्इ बिदेशी ऋणमा डुबाएर नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीहरुलाई नै जिताउनु हो । किनभने जस्तोसुकै परिस्थितिमा किन नहोस्, यी दल र दलका नेताले साम, दाम, दण्ड र भेदको प्रयोग गरेर मत परिणामआफ्नो पक्षमा बनाएरै छोड्नेछन् ।
जसका लागि गत भदौं २३ र २४ मा भएको जनजी पुस्ताको आन्दोलनमा मृत्यु भएका ७६ जनाजस्तै प्रचण्ड नेतृत्वको माओवादीले मारेका १७ हजारको संख्या बिर्साउने गरी ५० औं हजार मरे पनि आफ्नो जित निकाल्न देशलाई डुबाउन सबै प्रकारका प्रयास गर्नेछन् । त्यसैले सरकारको आँखा समयमा नै खुल्नु राम्रो देखिन्छ । मेरो अनुरोध यदि चुनाब रोकिएन भने एक समूह अर्थात हामी आन्दोलनमा जान वाध्य हुनेछौ ।
आन्दोलनमात्र समस्याको समाधान होइन । यो कुरा मलार्इमात्र नभएर नेपालमा रहेका करिव २ कारोड र बिदेशमा बस्दै आएका करिव १ करोड नेपाली जनतालाई राम्रोसँग जानकारी नै छ । अब जनताले यो कुरा थाहा पाइसके तव उनीहरु चुप लागेर बस्ने छैनन् । अहिलेकै नियम तथा कानुनले निर्वाचन हुँदा पनि जित्ने भ्रष्ट र बेथितिका नायक भनेर चिनिने कांग्रेस, एमाले र माओवादी नै हुन् । त्यसैले उनीहरुलाई नै जिताउन किन चुनाव गर्ने ? यो प्रश्न धेरै नेपालीले बुझेको छैन । अब हामी सबै नेपालीलाई यी कुरा बुझाउँदै प्रतिकार गर्नसम्म पछि पर्ने छैंनौं ।
अब हुने भनिएको निर्वाचन शान्तिपूर्ण हुनेछैन । त्यसैले हिंसात्मक हुने चुनावमा जनताको रगतको आहाल बन्ने देखिन्छ । अनि अस्ति जेनजी आन्दोलनमा जस्तै कलिला बालबालिकादेखि विद्यार्थीसम्मको हत्या हुनसक्छ । त्यसै कारण अहिलेको समानुपातिक निर्वाचन प्रणालीदेखि समग्र निर्वाचनका लागि सर्बपक्षीय मतको सम्मान गर्दै एउटा विधि बनाऔं । अनिमात्र निर्वाचनमा जानु पर्छ । हैन भने अब हुने भनिएको निर्वाचन जेनजी आन्दोलनलाई बिर्साउने हिंसात्मक र मानवीय क्षतिको बिरुप बन्दैन भन्न सकिन्न ।
-सुनिता भट्टराई/काठमाडौं