स्याटलाटमा विभिन्न किसिमका सेन्सर जडान गरी जमिनको सतहको अवस्था मापन गर्ने र त्यसको प्रेसेस गरिसकेपश्चात प्राप्त इमेज स्याटलाइट इमेज हो । नेपालमा मौसम मापन गर्ने आफ्नै स्याटलाइट छैन । जापान, भारत र चीनसमेतका देशहरुले राखेको स्याटलाइटबाट प्राप्त इमेज हेरेर मौसम विश्लेषण गरिन्छ । विभिन्न प्राकारका च्यानल हेर्दै धेरै प्रकारको बादलको अवस्था, मौसमको अवस्था, कुन प्रणाली कताबाट कता जाँदै छ ? भन्नेलगायतका कुराहरु जान्न सकिन्छ ।
भारतको मुम्बइमा रहेको एबीएम भन्ने संस्थाले तीन वर्षदेखि आइकन व्यक्ति छनोट गरेर सम्मान गर्दै आएको छ । म यो संंस्थाको टिममा छु । अर्गनाइजर खोजेर संस्थाले नेपालका विविध क्षेत्रमा योगदान दिने ६० जनालाई वर्सेनी सम्मान गर्दै आएको छ । यसको सबै खर्च भारतबाट स्पोन्सर लिएर गर्दै आएका छौं । हाम्रो देशमा हालै तेस्रो आइकन छनोट र पुरस्कार वितरण गरिएको छ ।
हाम्रो पालिकाको मुख्य समस्या भनेको सडक र खानेपानी हो । सडकको ट्याक ओपन भएको छ, तर त्यसलाई स्तरवृद्धि गर्न सकिएको छैन । पालिकाभर भएर बेरिएको इन्द्र कुलुङ चक्रपथ ६३ किलोमिटर लामो छ । यो सडक कालोपत्रे गर्नुपर्ने छ । तर, सरकारले जम्मा ३० करोड रुपैयाँमात्र दिएको छ । यो रकमले बढीमा ६ किलोमिटर सडक कालोपत्रे होला । बाँकी ५७ किलोमिटरका लागि बजेट छैन ।
खानेपानीमा १, ४ र ५ वडामा समस्या छ । पानीको मूल भएर पनि बजेट नभएर नागरिकलाई स्वच्छ र निरन्तर पानीको आपूर्ति गर्न सकिएको छैन । पालिकाको थोरै बजेटले केही पाइप खरिद गर्दै धारा जडान गरेपनि त्यो पर्याप्त नहुँदा समस्या छ । अन्य क्षेत्रमा पनि सानातिना समस्या छन् । तर ती स्थानीय सरकारले समाधान गर्न सक्छ, समय भने लाग्छ ।
यो सत्य होइन । सरकारले शिशु कक्षामा जति लगानी गरेको छ, त्यसको तुलनामा निजी बोर्डिङहरुले कम शुल्क लिने गरेका छन् । निजी विद्यालयहरुले शिक्षालाई बोझ हुनबाट जोगाएका छन् । अर्थात शिक्षालाई व्यवस्थापन (मेण्टेन) गरेका छन् । जस्तै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउनु प¥यो भने निजी श्रोतबाट शिक्षक राख्नु पर्छ, त्यसो गर्दा विद्यार्थीले शुल्क तिर्नै प¥यो । अहिले केही सरकारी विद्यालयले अंग्रेजी माध्यममा जाँदा बोर्डिङ स्कुलजति नै शुल्क लिइरहेको पाइन्छ ।
म लोकसेवा पास गरेर आएकी हुँ । निजामतीमा त्यस्तो भेदभाव छैन । म महिला भएको कारण काम गर्न सक्दिन होला भन्ने केही पुरुष साथीहरुलाई लागेको अनुभूति हुन्थ्यो तर, त्यस्तो भेदभाव सहनु परेको थिएन र छैन पनि । हाम्रो समाज पूरै परिवर्तन भएको छैन । त्यसैले महिलालाई सामान्य छेडछाड चाहिँ हुने गरेको महसुस गरेकी छु । मलाई परिवारबाट राम्रो सहयोग थियो । महिलाले विवाह गरेपछि भने घरको काम, अफिसको काम र बच्चा जन्मिएपछि समय व्यवस्थापन गर्न भने केही समस्या हुने रहेछ । सबै कुरा व्यवस्थापन गरेर नै आएँ ।
अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन (स्टार्टअप)लाई प्रोत्साहन गर्ने उद्यमशीलतामैत्री कानुनलगायतका कारण पनि यहाँको वातावरणसँग नेपालीहरू लोभिन्छन्। लघु व्यवसाय सहायता (एसबीए) मार्फत प्रारम्भिक चरणमै काठको तरबार बोकेर पनि ठूला बजारमा पस्न सकिने अवसर छ। पारदर्शी कानुनी संरचना छ। श्रमको सम्मान छ। रोजगारीका लागि समान अवसर छ। मेहनत गर्ने व्यक्तिलाई उपलब्धिमा रूपान्तरण गर्ने वातावरण छ। व्यवसाय सञ्चालन गर्दा कर अनुपालन, दायित्व संरक्षण र बौद्धिक सम्पत्ति संरक्षण (प्याटेन्ट, ट्रेडमार्क)जस्ता उपकरण सुलभ छन्।
राजनीतिकर्मिले प्रहरीलाई सोध्दैमा सहीकुराकालागि अनुरोध गर्दैमा राजनितिक हस्तक्षेप भयो भन्न त मिल्दैन । राजनितिज्ञहरुले पनि कुनै घटनाका बारेमा शोध्न मिल्छ, सही सबुद, प्रमाणहरु प्रहरीलाई जानकारी गराउन मिल्छ । सोधेको बोलेको भरमा मात्रै राजनैतिक हस्तक्षेप भयो भन्न त मिल्दैन । देशको प्रहरी संगठन भनेको राष्ट्रको स्थायी सरकार अंग हो । राजनितिक पदमा आउने ब्यक्तिहरु समय समयमा परिवर्तन भई रहन्छन ।नेताले भनेको पनि छ सही कुरा पनि छ भने त राम्रो पनि हो, त्यसरी गरेको कामलाई हस्तक्षेप भन्न मिलेन । तर यदि कसैले नहुने नमिल्ने कुरा गर्छ भने सम्बन्धित प्रहरी कर्मचारीले त्यस्तो गर्नु पर्ने कुनै बाध्यता रहँदैन । प्रहरीले गर्न नमिल्ने कुरालाई मिल्दैन पनि भन्न सक्नु पनि पर्छ । प्रहरी कर्मचारीहरुले आफु पदमाभएको कारणले पदीय अधिकारको दुरुपयोग भने गर्न मिल्दैन । प्रहरी नियम कानून बमोजिम अगाडी बढनु पर्छ । प्रहरीले सत्य तथ्य पत्ता लगाउनु पर्छ र सत्य कै पक्षमा प्रहरी रहेको पनि हुनु पर्छ ।
प्रत्येक नेपाली सैनिक नेपाली नागरिक भएकाले नेपालको राष्ट्रहित सुरक्षा नीति एवम् परराष्ट्रनीतिलाई सर्वोपरी राखी कार्य सम्पादन गर्दै आएकोमा संकटको घडीमा नेपाली सेनाबाट भएको सैनिक कूटनीतिले नेपालको भूराजनीतिक अवस्था क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति र सैनिक चुनौतीलाई समेत ध्यान दिई दक्ष सैनिक कूटनीतिज्ञबाट सैनिक कूटनीतिको सञ्चालन गरी कूटनीतिलाई प्रभावकारी सफ्ट पावरका रूपमा प्रयोग गर्नु अत्यावश्यक छ।
यसैगरी संयुक्त राष्ट्रसंघीय शान्तिसेना खटाउने राष्ट्रका रूपमा नेपाल पहिलो नम्बरमा रहेको परिप्रेक्ष्यमा प्रत्येक शान्तिसैनिक बुद्धका शान्तिदूत हुन्। र उनीहरूलाई नेपालको सैनिक राजदूतका रूपमा लिन सकिन्छ। जसको कारण आज नेपाल सगरमाथा बोकेको र बुद्धको देशका रूपमा मात्र नभई विश्वभर शान्ति सैनिकको देशका रूपमा परिचित हुन पाएको छ। यो हामी सबै सुरक्षाकर्मी र नेपालीको गर्वको विषय हो।
म आगामी अर्थात १२ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुँ । म दुई दशकसम्म नेविसंघमा सक्रिय भएर लागिरहेको छु । मेरो विवेक र वृद्धिले भ्याएसम्म संघको उन्नयनमा समय खर्च गरेको छु । अहिले नेविसंघमा रहने उमेरको सीमा ३२ वर्ष तोकिएको छ । अब हुने महाधिवेशनपछि हाम्रो पुस्ता नेविसंघमा रहन सक्दैन, उमेरका कारण । मसहित हाम्रो पुस्ता प्राकृतिक रुपमा आगामी महाधिवेशनमा नेतृत्व लिन अघि बढ्छ नै । लामो समयसम्मको सक्रियता र संघमा पुर्याएको योगदानका कारण म अध्यक्ष बन्नेछु । र, सबै साथीहरुलाई साथमा लिएर सफल नेतृत्व प्रदान गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।
माया नेपाल लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रका प्रोग्राम कोअर्डिनेटर (कार्यक्रम समन्वयकर्ता) अस्विनराज खनाल दुई दशकअघिदेखि यो संस्थामा सकृय रहनु भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको यो केन्द्रले लागूऔषध, मद्यपान सेवन गरेर कुलतमा फसेका युवाहरुको उपचार गर्दै आएको छ । २०३४ मा राजधानीको नक्सालमा जन्मनु भएका उहाँले स्नाकोत्तरसम्मको अध्ययन पूरा गर्नु भएको छ । दामोदरप्रसाद र
व्यवसायमा राम्रो वातावरण छैन । सरकारको पक्षबाट कुनै सहयोग छैन । सामान उधारोमा बिक्री गर्नु पर्छ । समयमा पैसा आउँदैन । सरकारको तर्फबाट पनि सहयोग मिलेको छैन । जस्तै गाडीमा तरकारी बिक्री गर्न जानुपर्दा ट्राफिकले गाडी चल्न दिन्न । यस्ता समस्या धेरै छन् । सामान्य रुपमा दैनिक उपभोग्य तरकारीजस्तो चिजलाई बिक्री गर्न निर्वाध रुपमा दिनु पर्नेमा सरकारले नै तरकारी बोक्ने गाडीलाई विहान ९ बजेदेखि ११ बजे र त्यसपछि ३ बजेदेखि ७ बजेसम्म गुड्न नै दिन्न । यस्ता समस्या दैनिक उपभोग्य समान ढुवानीमा लगाउनु हुन्न भन्ने लाग्छ ।
यहाँ आउने ग्राहकहरुले वाचिपा (कुखुराको भुत्ला र मासु मिलाएर पोलेर बनाएको परिकार), याङ्गवेन (सुंगुरको मासुमा सुंगुरकै रक्ती र झ्याउ मिलाएर बनाएको परिकार), किनिमा (भटमासलाई उसिनेर एक सातासम्म खाँदेर बनाएको परिकार) र यहाँ किराँती थाली अर्थात स्थानीय रैथाने परिकारका सबै खाना बनाउने गरेकी छु ।
त्यो बेला एसएलसी परीक्षा दिएपछि पाँच छ महिना फुर्सद पाइन्थ्यो । के गर्ने ? पुस्तक पढ्ने सोच पलाएछ । नवराज भट्टराई ,म र दिपक अधिकारी भएर पुस्तक खोज्दै, साटासाट गर्दै खुब पढ्ने भयौँ । दुई डोका जति पुस्तक पढेपछि कथा लेख्न सकिन्छ भन्ने आँट आयो । हप्तामा एउटा एउटा कथा लेख्ने र साथीसँग साटासाट गरेर समीक्षा लेख्ने लहरै चल्यो । यसले भाषा र कथानक दुवैलाई सुधार्ने मौका मिल्यो । आफूले लेखेको आफैलाई चित्त नबुझ्ने भएपछि यात्राले भिन्न रुप लियो । पन्ध्र बीसवटा कथा लेखेपछि बल्ल कथा भयो कि जस्तो लाग्यो ।
अब म देशमा कृषि क्रान्ति गरिनु पर्छ र आत्मनिर्भर बन्नु पर्छ भन्ने उदेश्यमा छु । देशलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गरिनुपर्छ । विद्यालयका प्रथमिक तहदेखि निम्नमाद्यमिक तहसम्म उतीर्ण हुने विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउनु पर्छ । छिमेकी देश चीनमा कक्षा ५ उतीर्ण गर्ने विद्याथीहरुलाई अभिभावकहरुले निजी जीवनका कुनै पनि काममा सहयोग गर्नु पर्दैन । किनकि, उनीहरु खाना पकाउने, कपडा लगाउने, सरसफाइ गर्नेदेखि आवश्यक सबै काम गर्न सक्ने भइसकेका हुन्छन् । यस्तो आत्मनिर्भर शिक्षा हामीले पनि दिन सक्नु पर्छ ।
यो विवाद म नियुक्ति भएर आउनुभन्दा अघिनै पुष्प बडुवाल मन्दिर क्षेत्र विकास समिति अध्यक्ष भएर आएपछि त्यो समितिले केबुलकार बनाउने निर्णय गरिसकेको थियो । म समितिमा आउँ निक्कै विवाद र आन्दोलन भइरहेको अवस्था थियो । कुरा के हो भने, केबलकारको जग्गा खरिद गर्दा केही रकम घोटला भएको भन्ने कुरा आएको छ । केबुलकार व्यक्तिलाई बनाउन दिनु हुन्न, सरकार र स्थानीयको लगानीमा बन्नु पर्छ भन्ने संघर्ष समितिको माग छ । स्टेसनको डिपिआर तयार गर्दा मन्दिरको गेटसँगै गरिएको रहेछ । त्यहाँ स्टेसन निर्माण गर्नु हुन्न, जसले फोहोरमैला गर्छ, भन्ने संघर्ष समितिको कुरा आएको छ ।
कृषि क्षेत्र जिल्लामा राम्रो छ । यसलाई थप सवल बनाउन कृषिलाई पर्यटनसित जोडेर साथसाथ लान सक्नु पर्छ । त्यसका लागि कृषि उत्पादनलाई थप व्यवसायिक बनाउन सम्भाव्यता अध्ययन गर्दै क्षेत्रहरु निर्धारण गरेर निर्वाहमुखी हैन, वैज्ञानिक र व्यवसायिक कृषि उत्पादन हाम्रो चाहना हो । यसका लागि पार्टी र हामी नेता तथा कार्यकर्ता दीगो योजनाका साथ अघिबढ्न सकृयाताका साथ लागिपरिरहेका छौं ।
“ताप्लेजुङमा अहिले संगठनको हिसाबमा हेर्दा पहिलो पार्टी नेकपा एमाले, दोस्रोमा नेपाली काङ्ग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्र हो । पछिल्लो समय माओवादी केन्द्रतर्फ राम्रो माहोल बन्दैछ । योक्रम निरन्तर बन्यो भने आगामी २०८४ को चुनावसम्ममा माओवादी केन्द्र पहिलो पार्टी बन्ने पक्का छ ।”
“मिक्सो उपनाममा चिनिने हर्कबहादुर नेम्बाङ नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हुनुहुन्छ । पाँचथरको लुङरुपामा जन्मिनुभएका उहाँ २०५२ सालदेखि राजनीतिमा प्रवेश गर्नुभयो । पाँचथरकै नाङ्गिनबाट एसएलसी उत्तीर्ण गरेपछि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्नुभएका मिक्सोले कक्षा ९ मा पढ्दा नै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । मिक्सो २०५७ मा माओवादी पार्टी प्रवेश गर्दै माओवादीको ‘जनमुक्ति सेना’मा खटिनुभयो । ०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमणका क्रममा घाइते भएर १ वर्ष उपचारमा रहनुभयो र, २०६० सालपछि पाँचथर माओवादी केन्द्रको सचिव, इन्चार्ज र हाल प्रदेश अध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँसँग पबउिबदचष्पकजब।अयm (कल्पवृक्ष) का लागि नितेष सिंगक लिम्बुले गरेको कुराकानीको सम्पादित अंश । “
“मः मः नेपालीहरुबीच दशर्काैंदेखि चर्चित खाजाको रुपमा लोकप्रिय छ। यसलाई स्वादिष्ट बनाउन किमामा प्याज, हरियो धनियाँ, नुन, मरिच, अजिनामोटो, मः मः मसला, मिट मसला, धनियाँ धुलो, र जिरा मिसाएर १०-१५ मिनेट राखिन्छ। मैदाको पीठो तयार गरी मसला भरेर मः मः बनाइन्छ। उम्लिएको पानीमा राखेर ७-८ मिनेटमा पकाएपछि मः मः खान तयार हुन्छ। पकाउँदा फुट्न नदिँदा स्वाद उत्कृष्ट हुन्छ।”
‘राष्ट्रिय ‘इस्यु’ मा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा ध्यानाकर्षण गर्दै आएका छौं । मुद्धाका दुवै पक्षको मेलपिलापबाट मात्र वास्तविक न्याय पर्छ भनेर मेलमिलाप गर्न र गराउन तालिमहरु सञ्चालन गर्दै आएका छौं । न्याय परिषद् नियमावलीमा भएको संसोधनबाट न्यायाधीशहरुमा असमान व्यवहार भएको ठहर गरेर विज्ञप्तिहरु निकाल्ने काम पनि गरियो । पूर्व न्यायाधीशहरुको समन्वय गर्ने, भेटघाट, छलफल गर्ने काम भइरहेका छन् । निर्वाचनमा पर्यवेक्षणमा पनि फोरमले भाग लिएकोछ ।’
रामकृष्ण निरौला हाल राष्ट्रिय आवास कम्पनीको महाप्रवन्धक हुनुहुन्छ । तेह्रथुमको लालिगुराँश नगरपालिकामा जन्मनु भएका उहाँले गैरसरकारी संघ संस्था, शिक्षक, नगरपालिकामा शिक्षा शाखा प्रमु्ख, सामाजिक विकास अधिकृतको जिम्मेवारी पूरा गर्दै २०८० असोज २९ गतेबाट कम्पनीको महाप्रवन्धकको जिम्मेवारीमा रहनु भएको छ । उहाँसित कल्पवृक्षका लागि आवास कम्पनीले हालसम्म गरेका कामहरुको विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको संपादित अंश
नेपाल प्रहरीमा तीन दशक लामो सेवा गरेपछि सेवा निबृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा रणबहादुर चन्द अध्ययनशील र प्रविधिमा दक्षता भएका पूर्व प्रहरी अधिकारीको रुपमा परिचित हुनुहुन्छ । उहाँसित नेपाल प्रहरी र देशको शान्ति सुरक्षा तथा प्रहरीमा गरिनु पर्ने सुधारका कामसमेतमा केन्द्रीत रहेर कल्पवृक्षका लागि गरिएको कुराकानीको संपादित अंश ।
ललितपुरको गोदावरी नगरपालिका स्थायी बसोबास गर्नुहुने सर्मिला सुवेदीे विद्यावारिधिको सोधार्थी हुनुहुन्छ । उहाँ जिडी गोइन्का (भारत)बाट पिएचडी गर्दै हुनुहुन्छ । चापागाउँको उदयखर्क माध्यमिक विद्यालयबाट प्रारम्भिक अध्ययन शुरु गर्नुभएकी उहाँले पाटन संयुक्त क्याम्पस एवम् नमूना मच्छिन्द्र क्याम्पसमा अध्ययन गर्दै स्नातकोत्तरसम्मको पढाई पूरा गर्नुभएको हो । उहाँले कञ्चन अंग्रेजी माध्यमिक विद्यालय, साङ्ग्रिला इन्टरनेशनल स्कूलमा शिक्षिकाको रुपमा र यूसिमास नेपाल (बहुराष्ट्रिय कम्पनी) कुमारीपाटीमा मोडरेटरको रुपमा पनि केही समय काम गरिसक्नुभएको छ । त्यसपछि उहाँले नेपाल खाद्य संस्थान (हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी) मा २०६७ फाल्गुण ४ गतेदेखि वरिष्ठ अधिकृत (तह ७) मा सेवा प्रवेश गरी विभिन्न विभाग एवं तह हुँदै हाल विभागीय प्रबन्धक (तह १०) मा रही वित्तीय व्यवस्थापन विभागको प्रवन्धक एवं कम्पनीको सूचना अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँसित गरिएको कुराकानीको सम्पादित अंश ।
सन्चित बज्राचार्य हाल प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनु भएको छ । काठमाडौंमा तत्कालीन समयमा जम्मा ८/१० वटा बोर्डिङ्ग स्कुलहरु रहेका थिए । त्यो बेला उहाँले पनि प्राथमिक चरणबाटै बोर्डिङ्ग स्कुलमा पढ्ने मौका पाउनु भयो । उहाँ पढ्ने स्कुलमा कक्षा ८ देखिनै एकाउण्ट (लेखा) विषय पढाइ हुन्थ्यो । मार्टियस मेमोरियल इग्लिस बोर्डिङ हाई स्कुल, ज्ञानेश्वरबाट उहाँले माध्यमिक तहको औपचारिक शिक्षा पूरा गर्नु भयो । त्यसपछि नेपाल कमर्स क्याम्पस, मीनभवनबाट आफ्नो अध्ययनलाई निरन्तरता दिँदै स्नाकोत्तर अध्ययन पूरा गर्नु भयो । कमर्स पढेको र लेखा सम्वन्धि काममा ज्ञान भएका कारण उहाँ करिव १७ वर्षअघि लेखा प्रमुखको हैसियतमा प्रभु इन्स्योरेन्स कम्पनीमा प्रवेश गर्नु भयो । हाल कम्पनीको प्रमुख रहेर कार्य सम्पादन गर्दै आउनु भएको छ ।
“राष्ट्रिय ट्रमा सेण्टर नेपालको हाडजोर्नी, नशा तथा स्नायु, वर्न प्लाष्टिकसम्बन्धी समस्याको उपचार सेवा प्रवाहगर्ने एकमात्रकेन्द्रिय स्तरको विशिष्टिकृत सरकारी अस्पताल हो । सन १९९७, जुन ६ तारिखमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल भ्रमणमा आउँदा भवनको शिलान्यास भएको र त्यसको ६ वर्षपछि सन २००३ मा नेपाल र भारतबीच ट्रमा सेण्टर निर्माण गर्ने सहमती भयो । यो सहमतिअनुसार निर्माण गरिएको यो अस्पताल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो । २०७१ मंसिर ९ गते हालका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल आएका बखत नेपालका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा यो सेण्टर सञ्चालनमा आएको हो “