लामो समयदेखि चर्किँदै आएको आन्तरिक द्वन्द्व अन्ततः विस्फोटमा परिणत हुँदै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन भएको छ। सभापति शेरबहादुर देउबा पक्ष र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्मा नेतृत्वको असन्तुष्ट समूहबीचको टकरावले पार्टीलाई दुई स्पष्ट धारमा पुर्याएको हो।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्नो–आफ्नो उम्मेदवारहरूको नाम टुंगो लगाएका छन्। यसवर्षका लागि गठबन्धनअनुसार कांग्रेसले ९ सिट तथा एमालेले ८ सि मा उम्मेदवारी दिने निर्णय गरेका छन् ।
अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाल प्रहरीमा रिक्त वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि १० प्रहरी उपरीक्षक (एसपी) लाई सिफारिस गरिएको छ ।
राजधानी काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको दछ । दुर्घटनामा परेका ३३ जना उपचाररत छन् । गत बुधबार बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभा जिल्लामा उम्मेदवार छनोटमा भएको निर्णयविपरीत केन्द्रीय सदस्यले नै अनौठो झाँकी प्रदर्शन गरेका छन् । जिल्ला कमिटीको बैठकले उम्मेदवारमा केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम, केन्द्रीय सदस्य तुलशीप्रसाद न्यौपाने, भविश्वर गुरुङ, शेरबहादुर कार्की, डा अर्जुन कार्की र अम्बिका खवासको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले प्रदेश र केन्द्रीय कमिटीमा यी नाम पठाएको छ ।
अमेरिकास्थित न्युयोर्क निवासी नेपाली लेखक पासाङ नुरु शेर्पाको पुस्तक Behind the Mask ले विश्वकै प्रतिष्ठित मध्येको बेस्ट बुक अवार्ड–२०२५ फाइनलिस्ट हुन सफल भएको छ। यो कृति नेपाली भाषामा प्रकाशित कोरोना...
हेटौँडाबाट काठमाडौँ वैकल्पिक राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा आइतबार ६ जनाको मृत्यु भएको छ ।
पूर्वको प्रशिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा भारी हिमपात भएको छ । यो क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो । यहाँ गत ६ मंसिरमा पहिलो पटक हिमपात भएको थियो ।
अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्याएर हिरासतमा राखेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जेन-जेड प्रतिनिधि सहित सरोकारवालाबीच निर्वाचन र मानव अधिकार विषयमा छलफल गरिएको छ।
नेपाली सेनाले देशका केही स्थानमा भएका विपत्तिमा उद्धार तथा आगलागी नियन्त्रण गरेका समाचार प्राप्त भएका छन् ।
राजधानी अनामनगरको अर्नी खाना घरमा डुँडमा पालेको मौरीबाट उत्पादित चाकासहितको विशुद्ध मह बिक्रीका लागि बट्टामा राख्दै अर्नी कृषि उत्पादन अर्गानिक पसलका सुनिल रिजाल ।
समाजमा पहुँच र शक्ति नभएका अर्थात ‘भुइँमान्छे’ उपमा लिइने सामान्य नागरिकहरुका पीडा, राज्यको उदासीनता र आगामी फागुन २१ गते हुने भनिएको आसन्न निर्वाचनमाथि देखिन थालेको जोखिमको विषयमा आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले मंगलबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष फणिन्द्र नेपाल, उपाध्यक्ष डा रणबहादुर चन्दले देशको पछिल्लो अवस्थाको चित्रण गर्दै आसन्न निर्वाचनमा हुन सक्ने जोखिमप्रति चिन्ता व्यक्त गर्नु भएको छ । ग्रेटर नेपालको अभियान चलाउँदै आउनु भएका समाजका अध्यक्ष नेपालले जेनजी आन्दोलनका नाममा देशभर लुटिएका हतियार र गोलीको अवस्थाले निर्वाचन नै असुरक्षित बनाउने खतरा रहेको बताउनु भयो।
राष्ट्रिय स्वतन्त्र नागरिक समाजले आसन्न प्रतिनिधिसभा निर्वाचनलक्षित पत्रकार सम्मेलन गर्ने भएको छ । समाजका महासचिव प्रविण नेपालका अनुसार लुटिएका हतियारले आसन्न निर्वाचनमा पार्ने असर’ विषयमा पत्रकार सम्मेलन मंगलबार (भोलि) राजधानीको नयाँबानेश्वरमा रहेको पाठशाला विद्यालयनजिक मध्यान्न १ बजे गर्ने तयारी छ ।
देश र देश बाहिर रहेका पूर्व सुरक्षाकर्मीहरुको बाहुल्य रहेको जय मातृभूमि पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बेलायती सैनिक, सिंगापुर सैनिक र भारतीय सैनिकमा काम गरेर निवृत्त भएका पूर्व सुरक्षाकर्मीहरुको बाहुल्य रहेको पार्टीको केन्द्रीय समिति बैठक पार्टी अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा बसेको हो ।
हामी नेपाली ग्लोबलले ५ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । भ्रष्टाचारको ठूलो आहालमा डुबेपनि देवत्वको उपाधि पाइरहेका हालका ऊर्जा तथा यातायात तथा सहरी विकासमन्त्री कूलमान घिसिङ यो पार्टीका छायाँ अध्यक्ष हुन् । उ
आफ्नो घर कहिले भोजपुर त कहिले दमक बताउने करिव ४१ वर्षका विष्णुजंग बस्नेतको ठगीका प्रकरण दैनिकजसो आउन थालेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बालुवाटार बैठकमा नेपाली सेनाका सेनापति अशोकराज सिग्देलदेखि सहसचिव राजेन्द्रकुमार केसीसम्म सहभागी भएका छन् ।