सुरेन्द्र सुवेदी/ काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा धवलशमशेर राणा र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी राजनीतिक दल निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको छ।
सशस्त्र प्रहरी बल, नेपालका आईजीपी नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च अनुशासन र व्यावसायिकतासाथ राष्ट्र र आम नागरिकहरुको सेवा र सुरक्षामा कटिवद्ध भएर लाग्न निर्देशन दिनुभएको छ ।
ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको छ।
भारतको सिन्धिया परिवारको सम्पति विवाद अन्त्य भएको खबरसँगै राष्ट्रवादी नेता डा धवलशम्शेर राणा र पशुपतिशम्सेर राणाको परिवारलाई एकएक खर्ब रुपैयाँ लाभ हुने समाचार सार्वजनिक भएको छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि संगीता पहाडी अर्याल नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा पुनर्वहाली हुनु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार निलम्बन फुकुवा भएपछि उहाँले नेपाल टेलिकमको केन्द्रीय कार्यालय पुगेर पुन : आफ्नो कार्यभार सम्हाल्नु भएको हो । यसअघि लागेको आरोपका कारण उहाँ केही समय निलम्बनमा पर्नु भएको थियो ।
कास्की जिल्लाको मादी गाउँपालिका–५, काउरेमा असार २९ (आज) मोटरसाईकल दुर्घटनामा परी घाइते भएका दुई जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । स्थानीय थाकदेखि काउँखोलातर्फ जाँदै गरेको ग११प ८९४० नम्बरको मोटरसाईकल गति अनिन्त्रित भई सडकबाट करीव ३० मिटर तल खसेको थियो ।
काठमाडौं । मुलुकमा बलियो राष्ट्रवादी राजनीतिक शक्तिको खाँचो औंल्याउँदै राष्ट्रप्रेमी र देशभक्तको छवी बनाएका नेता, राजनीतिक दल तथा अभियन्ताहरूको अगुवाइमा नयाँ राजनीतिक दल गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय जनतामा बढेको निराशा र राष्ट्रवादी आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउने उद्देश्यका साथ डा धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा यो नयाँ राजनीतिक अभियानले मूर्त रूप लिन लागेको हो । नयाँ बन्ने यस राष्ट्रवादी पार्टीमा मुलुकका स्थापित र प्रभावशाली देशभक्त शक्तिहरू जोडिने क्रम तीव्र रूपमा बढेपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ ।
बझाङ जिल्लाको सुङ्गुरे इलाकामा हिजो असार २७ गते भएको जीप दुर्घटनाका गम्भीर घाइतेहरूलाई नेपाली सेनाले आज हवाई साधनमार्फत उद्धार गरी विभिन्न अस्पताल पुर्याएको छ। दुर्घटनामा गम्भीर चोट लागेका तीन महिला...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र लामो समयदेखि चल्दै आएको तीव्र आन्तरिक मतभेद, नीतिगत असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वासले अन्ततः नयाँ मोड लिएको छ। राप्रपाका वरिष्ठ नेता एवं प्रभावशाली कार्यशैलीका कारण परिचित धवलशम्शेर जवरा र देशव्यापी रूपमा वित्तीय तथा सामाजिक अभियान चलाइरहेका चर्चित व्यवसायी दुर्गा प्रसाईँ मिलेर नयाँ राजनीतिक पार्टी खोल्ने अन्तिम तयारीमा जुटेका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका– २, लालपुरस्थित राप्ती नदीमा माछा मार्न गत राति (असार २५ गते ) गएका ६ जना स्थानीयमध्ये अचानक आएको बाढीका कारण नदीको बिचमा फसेका ३ जनाको नेपाली सेना, बज्रदल गणबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा सकुशल उद्धार गरेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवाले आत्मदाहको प्रयास गरेको घटनाप्रति वैदिक सनातन युवा मोर्चाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता (एएमसी) मा लागेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले एकमुष्ट रूपमा सबै १८ जना आरोपितहरूलाई पूर्ण सफाइ दिएको छ।
‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ ११ वर्षदेखि स्वदेशी उच्च शिक्षाको प्रवर्द्धन गर्दै आएको नेपाल हायर एजुकेसन फेयरको बाह्रौँ संस्करण आगामी असार २७ र २८ गते काठमाडौँको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा आयोजना हुने भएको छ।
काठमाडौँ। मुलुकको बदलिँदो राजनीतिक परिस्थिति र नागरिकको नयाँ अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यका साथ डा. धवलशम्शेर जबरा र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी दल स्थापनाको गृहकार्य तीव्र पारिएको छ।
नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ। सञ्चारकर्मी, प्रायोजक तथा साझेदार संस्था, प्रदर्शक, नाइमा बोर्ड सदस्य, सदस्य कम्पनी तथा अटोमोबाइल र मोबिलिटी क्षेत्रका विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थितिमा एक्स्पोका प्रमुख कार्यक्रम र विशेषताबारे जानकारी गराइएको हो।
नेपालको यातायात र यात्रा क्षेत्रमा एउटा सर्वथा नयाँ र फरक अवधारणा अघि सार्दै गुरूबस प्रालिले आफ्नो अन्तरसहर बस टिकट बुकिङ मोबाइल सेवा तथा भाडाका गाडी सेवाको औपचारिक सुरुवात गरेको छ।
डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका– ५, गैरीगाउँमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । धुलाखोला क्षेत्रमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी घाइते भएकी एक महिलालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याएको छ।
ऊर्जा उत्पादनमा सक्रिय उद्यमी व्यवसायीहरूको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्य समितिको दोस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै धुलिखेलमा सम्पन्न भएको छ । इप्पानका अध्यक्ष...
कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी र त्यसमा सवार यात्रुको खोजीमा नेपाली सेनाले उच्च प्रविधियुक्त ड्रोनसहितका दक्ष सैनिक टोली परिचालन गरेको छ ।