Advertisement GIF
कल्पवृक्ष
असार २४ मंगलबार, १२:३३ अपराह्न
भोटेकोशी बाढी : यी हुन् सम्पर्कविहीन १८ व्यक्ति (सूचीसहित)

चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना सम्पर्कविहीन भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ९ जनाको उद्धार गरेको छ।

नेपाल प्रहरीअन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा सम्पर्कविहीन छन्। यस्तै बाढीमा परी ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन छन्। सशस्त्र प्रहरीका अनुसार सम्पर्कविहीन चिनियाँ नागरिकमा यु युई, ली हुआकिङ, याङ चुआन, यु हाई हाङ, यु सियाओ क्यु र जोउ योङ छन्।

यस्तै नेपाली नागरिकमा जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ सम्पर्कविहीन छन्। उनीहरु सबै मजदुर हुन् । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ।