Advertisement GIF
कल्पवृक्ष
असार ७ शनिबार, १२:२२ अपराह्न
चितवनमा बस र माइक्रो ठोक्किँए : सात जनाको मृत्यु

चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ । यी यात्रुवहाक बस र मइक्रो राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किँदा सात जना यात्रुको मृत्यु र २० जना घाइते भएका छन् ।

कल्पवृक्ष
असार ७ शनिबार, १२:१५ अपराह्न
रास्वपामा कार्यवहाकलाई महामन्त्री र प्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री र प्रवक्ताको जिम्मेवारी तोकेको छ । कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटी महामन्त्री बनेका छन् भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ता बनाइएको छ ।

कल्पवृक्ष
असार ७ शनिबार, १२:०९ अपराह्न
विनयी खोलामा डाइभर्सन निर्माण नहुने

रुपन्देहीको बुटवल– नारायणगढ सडक खण्डमा पर्ने नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा अब डाइभर्सन निर्माण नगरिने भएको छ । गत पुस २६ गते पहिलो पटक बनाएको डाइभर्सन बगाएपछि पुनः बनाउने र बाढीले बगाउने भइरहेको छ । जसका काराण अब भने डाइभर्सन नबनाउने भएको हो ।

कल्पवृक्ष
असार ६ शुक्रबार, ८:४१ अपराह्न
मोटरसाइकल र साइकल दुर्घटनामा तीन जनाको मृत्यु

सिरहको सिरहा नगरपालिका– १८ लक्ष्मीनियास्थित हुलाकी सडकमा शुक्रवार (आज) दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किएका थिए ।

कल्पवृक्ष
असार ६ शुक्रबार, ७:५६ अपराह्न
६१ किलो सुन तस्करी प्रकरणमा मुसिएकी अमला पक्राउ

निक्कै चर्चित ६१ किलो सुन तस्करीमा मुसिएकी अमला रोक्का पक्राउ परेकी छन् । उनलाई प्रहरीले राजधानीको टोखाबाट पक्राउ गरेको हो । उनका पति दावा छिरिङ यसअघि नै पक्राउ परेर थुनामा रहेका छन् । अमला तिब्बती मूलका बेल्जियन नागरिक दावाकी श्रीमति हुन् । अमला ठमेलमा रहेको भियना होटलकी सञ्चालक हुन् ।

कल्पवृक्ष
असार ६ शुक्रबार, ७:४७ अपराह्न
धोबीखोला करिडोरमा खोला नाघेर सडकमा बाढी

राजधानीको धोबीखोला करिडोरमा खोलामा पानीको बहाव बढेर सडकमा बाढी पसेको छ । जसले यातायात सञ्चालन रोकिएको छ । निरन्तरको वर्षाले करिडोरका पुलमुनि रहेका गाडीहरु डुवाएको छ भने अन्यत्र सडकबाट पानी बगिरहेको छ । भौतिक क्षतिको विवरण प्राप्त नभएपनि मानवीय क्षति भने हालसम्म नभएको प्रहरीले जनाएको छ ।

Advertisement GIF
जेष्ठ २९ बिहीबार, ९:०६ अपराह्न
वैशाख १९ बिहीबार, ९:०४ पूर्वाह्न
Advertisement GIF
असार ५ बिहीबार, ७:२९ अपराह्न
असार १ आइतबार, ९:५६ अपराह्न
Advertisement GIF
Advertisement GIF