देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले राहत तथा उद्धार अभियान सुरु गरेको छ। विपद्का कारण भएको ठूलो...
भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ अपेक्षा गरेभन्दा पनि निकै उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको भएको छ । भदौ २६ देखि ३१ गते (आज) सम्म चलेको एक्स्पो अवधिभर १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहनु नै यसको ठूलो सफलता भएको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बताउनु भयो ।
काठमाडौंमा यही साउन २२ र २३ गते दुई दिन जापान फाउन्डेसनको सहयोगमा जाल्सानले संचालन गरेको प्रशिक्षणमा सदस्य संस्थाका ३२ जना जापानीज भाषा शिक्षकहरुले सहभागीता जनाएका छन् ।
नेपालमा नवप्रवर्तन (इनोभेसन) र उद्यमशीलतालाई संस्थागत रूपमा विकास गर्ने लक्ष्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियानको औपचारिक शुभारम्भ भएको छ।
–सुरेन्द्र सुवेदी
नेपालको राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका समसामयिक विषयमा तथ्यपरक तथा समाधानमुखी बहसलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिसन–राष्ट्रसेवा’ रणनीतिक संवाद शृङ्खला–१ को पहिलो कार्यक्रम सम्पन्न भएको छ।
विमल धमला (विश्वकर्मा) सुनचाँदी व्यवसायमा चर्चित नाम हो। बुवा अमृतमान र आमा फुलमाया विश्वकर्माका छोरा विमल सुनचाँदी व्यवसायलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउने उद्देश्यका साथ यस क्षेत्रमा आबद्ध हुनुभएको हो। हजुरबुवा र बुवाले गर्दै आएको परम्परागत व्यवसायलाई आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री बनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने स्पष्ट उद्देश्य उहाँको छ।
२०५३ सालदेखि पाँचथरको फिदिममा कालिगढका रूपमा यस पेशामा प्रवेश गर्नुभएका उहाँ २०५४ सालदेखि स्वयं व्यवसायीका रूपमा स्थापित हुनुभयो। करिब २९ वर्ष लामो व्यवसायिक यात्रामा उहाँले हासिल गरेका अनुभव, सिकाइ र भोगाइलाई केन्द्रमा राखेर गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।
पूर्वी नेपाल, पाँचथर जिल्ला थातथलो भएका सगुन सुन्दर लावती कर्ममा विश्वास राख्ने राजनीतिकर्मी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३२ वर्ष अधिक क्रियाशील रहेका लावतीले, महाधिवेशनबाट तीन पटक केन्द्रीय सदस्य निर्वाचित भएर राप्रपाको प्रवक्ता, सह–महामन्त्री, कार्यसम्पादन समिति सदस्य, विदेश विभाग प्रमुख, संगठन विभागका सदस्य सचिव जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । विद्वान र अध्ययनशील नेताको छवी बनाएका लावती एक कुशल प्रशिक्षक पनि हुन् ।
यूवा तहबाट राजनीति आरम्भ गरेका लावतीले राप्रपानिकट यूवा संगठनको निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको विगत छ । बुढानीलकण्ठ स्कूलमा अध्ययन गरेका लावतीले समाजशास्त्रमा एम.फिल. र स्नातकोत्तर अध्ययन पूरा गरेका छन् भने हाल विद्यावारिधीको सोध गर्दैछन् । राप्रपा परित्याग गरेर नयाँ राष्ट्रवादी दल निर्माण गर्ने क्रममा रहेका प्रस्तावित राजनीतिक दलका सचिवालय प्रमुख लावतीसँग समसामयिक राजनीतिको विषयमा गरिएको वार्तालापको संपादिन अंश :
यतिखेर नेपालको शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्र सरकारी नियमन र धरौटीको विषयलाई लिएर निकै तरंगित भएको छ । सरकारले परामर्श संस्थाहरूलाई व्यवस्थित बनाउने नाममा धरौटीको प्रावधान ल्याउन खोजेपछि व्यवसायीहरूमा त्रास र अन्योल सिर्जना भएको छ । परामर्श व्यवसायीहरूले सरकारको एकतर्फि नीतिप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । विशेषगरी, दर्ता प्रक्रियालाई व्यवस्थित नगरी धरपकड गर्नुका साथै धरौटीको प्रावधान लागू गर्ने सरकारी नीतिले हजारौँ व्यवसायीहरू अन्यौलमा छन् । सरकारले शैक्षिक परामर्शलाई व्यापारिक प्रयोजनले मात्र नभई एक सेवामूलक संवेदनशील क्षेत्रका रूपमा बुझ्नुपर्ने उनीहरुको माग छ । यही सन्दर्भमा शैक्षिक परामर्श व्यवसायीहरुको पूरानो र ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’सँग गरिएको विस्तृत कुराकानीः
नेपाल हस्तकला महासंघका जिल्ला तथा प्रदेश परिषदको संयोजनमा यही जेष्ठ ८ देखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्कुवेटमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ आयोजना हुँदैछ। कृषिजन्य उद्योगपछि मुलुकभर विस्तारको ठूलो सम्भावना बोकेको हस्तकला क्षेत्रले लाखौंलाई स्वरोजगार दिएको छ भने वार्षिक २८ अर्ब बराबरको निर्यात गर्दै देशको कला र संस्कृतिको प्रतिनिधित्व गरिरहेको छ।
काठमाडौंको सितापाइलामा बस्ने मल्लिका श्रेष्ठ यो मेला आयोजक समिति संयोजक हुनुहुन्छ । विशेषगरी नेचुरल फाइबर (प्राकृतिक रेशा) सम्बन्धी कामहरू गर्दै आउनु भएकी श्रेष्ठ नेपाल हस्तकला महासङ्घमा उपाध्यक्ष पदमा रहेर जिल्ला तथा प्रदेश परिषद्को नेतृत्व सम्हाल्दै आउनु भएको छ । यो मेला आयोजना र यसले दिने समग्र प्रतिफलको सन्दर्भमा केन्द्रित रहेर महासंघकी उपाध्यक्ष एवं मेला आयोजक समितिकी मुख्य संयोजक मल्लिका श्रेष्ठसँग गरिएको कुराकानीको संपादित अंश ।
काठमाडौं/ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने मागसहित विद्युत नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ।
झापाको दमक नगरपालिका –३, ढुकुरपानीमा जन्मेका रबिन खड्का लामो समय जापान बसेर पनि देश फर्किएका छन् । १३ वर्ष जापानमा बसेर देशमै केही गर्ने उदेश्यले फर्केका खड्का पछिल्लो समय राजधानीमा होटल व्यवसाय गर्दैछन् ।
सन् २००१ मा स्थापना भएको याडियाले आफूलाई विश्वका अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादकमध्ये एकका रूपमा स्थापित गर्दै आएको छ। कम्पनीका अनुसार याडियाले हाल विश्वका १५० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ।
विद्यालय तहको शिक्षण सेवामा साढे तीन दशक बिताएका अनुभवी शिक्षक गोविन्द लुइँटेलको शिक्षण अनुभवसम्बन्धी निबन्धात्मक कृति ‘कक्षाकोठामा ३५ वर्ष’ पाठकहरूमाझ आएको छ।
साउन महिनाको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूको सेवा र सुरक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी परिवार महिला संघले विशेष सेवा सञ्चालन गरिरहेको छ। साउनका प्रत्येक सोमबार संघको आयोजनामा...
पहिला अण्डा कि कुखुरा ? यो त तर्कको होइन, अनुसन्धानको विषय हुनसक्छ । तर पहिला घर बनाउन आर्थिक भ्रष्टाचार सुरु भयो अनि घर बानाइदिन दोस्रो भ्रष्टाचार । अनि भ्रष्टाचारको विकसित रुप यस्तो भयो कि राजनीति बचाउन आर्थिक भ्रष्टाचार अनि अर्थ बचाउन राजनीतिक भ्रष्टाचार फेरि राजनीति बचाउन आर्थिक भ्रष्टाचार फेरि अर्थ बचाउन राजनीतिक भ्रष्टाचार ……. । यही भ्रष्टाचाररुपी साइकलको प्रवेग अति भएपछि भदौ २३ गते विस्फोट हुने घडी आइपुगे थियो । विस्फोटको समयमा विवेक , नियम र न्याय स्वयं निरीह अवस्थामा हुन्छन् । देशमा आगो बलेको हुन्छ । यो दःखद् दिन आखिर आएरै छोड्यो । देशमा आगो लाग्यो ।
सन् १९९७ यता जन्मिएका पुस्तालाई जेन जेड भनिएको छ । उनीहरुले वि. सं. २०४६ यताका राजनीतिक घटनाक्रम देखेनन् , भोगेनन् । उनिहरु लोकतन्त्र , नागरिक सर्वोच्चता , सार्वभौमिकता जस्ता शब्दावलीका प्रयोगात्मक अर्थसँग स्पष्ट परिचित नहोलान् तर उनीहरु टिनएजर नहुदै उनीहरुको कानमा बारम्बार ठोक्किएको शब्द हो भ्रष्टाचार । उनीहरू घुलमिल हुने प्रत्येक माध्यम र सरोकार क्षेत्रमामा भ्रष्टाचारको जालो लागेको पाइयो । मिडिया खोल्यो भ्रष्टाचार , पत्रिका पल्टायो भ्रष्टाचार , अफिस गयो भ्रष्टाचार , बजार गयो भ्रष्टाचार र सरकारको त पर्याय नै भ्रष्टाचार । भ्रष्टाचारै भ्रष्टाचारको परिवेशले उनीहरूभित्र विद्रोहको बीजारोपण भयो र यो हुर्किएर युवाकालमा आइपुग्दा विस्फोट हुने तहमा पुग्यो
पूर्वीय ज्योतिषको अर्को महत्वपूर्ण विशेषता यसको कर्म प्रधान दर्शन हो। यसले भाग्यको अस्तित्वलाई स्वीकार गरे पनि कर्मलाई अझ शक्तिशाली मान्छ। ग्रहहरूले जीवनका सम्भावना र प्रवृत्तिलाई संकेत गर्न सक्छन्, तर अन्तिम परिणाम व्यक्तिको कर्म, निर्णय, प्रयास, नैतिकता र अनुशासनमा निर्भर रहने विश्वास यस शास्त्रको मूल आधार हो। त्यसैले ज्योतिषले मानिसलाई भाग्यको भरमा निष्क्रिय बन्न होइन, आफ्ना कमजोरी सुधार्दै अवसरको सदुपयोग गर्न प्रेरित गर्छ। मन्त्र, जप, दान, तप, उपासना, सकारात्मक सोच, अनुशासित जीवनशैली तथा अन्य ज्योतिषीय उपायहरू पनि आत्मविकास र मानसिक सन्तुलनका माध्यमका रूपमा सिफारिस गरिन्छ।
समयक्रमसँगै पूर्वीय ज्योतिषका विभिन्न शाखाहरू विकसित भएका छन्। जन्मकुण्डली विश्लेषण, दशा प्रणाली, गोचर अध्ययन, प्रश्न ज्योतिष, मुहूर्त ज्योतिष, वार्षिक फल, विवाह मिलान तथा अन्य विश्लेषणात्मक विधिहरू आज पनि व्यापक रूपमा प्रयोग भइरहेका छन्। विवाह, गृहप्रवेश, व्यवसाय सुरु गर्ने समय, उद्योग स्थापना, यात्रा, शिक्षा, धार्मिक कार्य तथा अन्य महत्वपूर्ण निर्णयका लागि शुभ मुहूर्त निर्धारण गर्न पनि पूर्वीय ज्योतिषको सहारा लिइन्छ।
महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी स्पष्ट नीति, पारदर्शी कानुनी व्यवस्था र सरकार तथा निजी क्षेत्रबीच उच्च स्तरको विश्वासपूर्ण सहकार्य नभएसम्म आभूषण क्षेत्रले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न सक्दैन । व्यवसायीले भयमुक्त वातावरणमा सम्मानका साथ लगानी गर्न पाउने, उपभोक्ताले पूर्ण गुणस्तरीय र विश्वसनीय सेवा प्राप्त गर्ने तथा राज्यले पारदर्शी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उपयुक्त वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो ।
यस वृहत् राष्ट्रिय अभियानमा महासङ्घ केवल व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था मात्र नभएर देशको समग्र आभूषण उद्योगको भविष्य रूपान्तरण गर्ने एक जिम्मेवार साझेदारका रूपमा अगाडि बढिरहेको छ । देशभरका सम्पूर्ण व्यवसायीहरूको अभूतपूर्व एकता, सहकार्य र अटुट विश्वास नै महासङ्घको मुख्य ऊर्जा र शक्ति हो, र यही शक्तिका आधारमा नेपाली सुनचाँदी व्यवसायको उज्ज्वल एवं दिगो भविष्य निर्माण गर्न तथा शिल्पकर्मीहरूको जीवनस्तर सुधार गर्दै सुनचाँदी क्षेत्रको चौतर्फी विकासका लागि महासङ्घको यो गौरवशाली अभियान आगामी दिनमा अझ सशक्त र निरन्तर रूपमा जारी रहनेछ ।
जेन्जि आन्दोलनलाई हेर्दा नेपालमा मात्र भएर सत्ता ढलेको होइन, यहाँको जस्तै जस्तै समस्याहरू भोग्ने हाम्रो छिमेकी देशहरू दक्षिण एसियाली श्रीलङ्का, बङ्गलादेशमा र अफ्रिकी देश मेडागास्करमा सत्ता ढल्ने गरी नै भएको हो भने आन्दोलनले सत्ता नढलेका देशहरू पनि छन्, जुन केन्या, सर्बिया, इन्डोनेसिया, मोरक्को, फिलिपिन्स, पेरु हुन्। कुनै देशमा युवाहरूको र त्यहाँका जनताको आवाज बेलैमा सम्बोधन भएर सत्ता टिक्यो तर जनताको आक्रोश र पिर नबुझ्ने देशहरू जेन्जिका नामबाट सत्ताच्युत हुन पुगेका छन् भने नेपालमा जेन्जि आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र परिवर्तनको माग थप बलियो भएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि प्रश्न उठ्दै गर्दा यसले लामो इतिहास बोकेको राजनीति गर्दै आएका दलहरूलाई आफ्ना नीति, नेतृत्व र जनतासँगको सम्बन्धबारे पुनर्विचार गर्नुपर्ने अवस्था भने सिर्जना गरेको छ।
नयाँ पुस्ताको असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणले पुराना दलहरूमा दबाब बढाएको छ। यही कारण सङ्गठन सुदृढीकरण, नयाँ अनुहार अगाडि ल्याउने र जनविश्वास पुनः प्राप्त गर्ने दबाब भने बढेको छ।
‘बालबालिकाका निम्ति बालगीत’ अभियानअन्तर्गत किताब- चरो नेपाल र जुगल स्कुल ललितपुरको सहकार्यमा निर्माण भएको बालगीत “मेरो जन्मदिन My Birthday” जुगल स्कुलमै एक औपचारिक कार्यक्रमका साथ विमोचन गरिएको छ |
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ प्रहरी सेवामा रहँदै साहित्य, संगीत र सामाजिक चेतनामूलक सिर्जनामा सक्रिय रहँदै आएका स्रष्टा हुन्। उनका विभिन्न गीत तथा सिर्जनाले राष्ट्रियस्तरका दर्जनौं सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन्। नयाँ गीत ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ ले पनि दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
झापाको दमक नगरपालिका –३, ढुकुरपानीमा जन्मेका रबिन खड्का लामो समय जापान बसेर पनि देश फर्किएका छन् । १३ वर्ष जापानमा बसेर देशमै केही गर्ने उदेश्यले फर्केका खड्का पछिल्लो समय राजधानीमा होटल व्यवसाय गर्दैछन् ।
सुरेन्द्र सुवेदी/काठमाडौं
तर पछिल्ला वर्षहरूमा पूर्वमन्त्री, उच्च राजनीतिक नेतृत्व तथा प्रभावशाली व्यक्तिहरूमाथि समेत अनुसन्धान र कानुनी कारबाही अघि बढेका घटनाले अबको अवस्थामा ‘कुनै पनि व्यक्ति कानुनभन्दा माथि छैन’ भन्ने सन्देश विस्तारै स्थापित हुँदै गएको देखिन्छ। त्यसैले यस्ता प्रतिवेदनका आधारमा पक्राउ वा कानुनी कारबाही हुने सम्भावनालाई पूर्ण रूपमा असम्भव मान्न सकिँदैन।
नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक हुन् प्रेमलाल महर्जन। उपभोक्ताको हक, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका लागि चार दशकभन्दा बढी समयदेखि निरन्तर संघर्षरत महर्जन नेपाली नागरिक समाजका स्थापित नाम हुन्। राजनीतिदेखि सामाजिक आन्दोलन, सहकारी, उपभोक्ता अधिकार, सुशासन र सार्वजनिक सेवासम्म उहाँको योगदान उल्लेखनीय मानिन्छ।
नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका स्वदेशी ब्याट्री ब्रान्ड एसटीसी राइड र एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आधिकारिक ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ। कम्पनीले खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित राष्ट्रिय टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीसँग औपचारिक सम्झौता गरेको हो।