कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–२५, हेम्जास्थित च्याङ्खले खोलाको ड्याममा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ। पोखरा महानगरपालिकाकै म्याग्दीचोक बस्ने २० वर्षका सञ्जय गोतामे साउन ११ गते दिउँसो करिब १ बजे पौडी खेल्ने क्रममा उक्त खोलाको ड्याममा डुबेर बेपत्ता भएका थिए।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीलाई जानकारी गराएको थियो। जानकारी पाएपछि उनको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोरसहितको विशेष टोली खटिएको थियो।
उक्त टोलीले खोजी गर्ने क्रममा दिउँसो करिब साढे दुई बजे करिब १८ फिट गहिराइबाट युवकको शव बाहिर निकालेको सशस्त्र मुल्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्