विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड याडियाले मनसुन लक्षित विशेष ‘मनसुन एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले साउन १५ गतेसम्म देशभर रहेका याडिया शोरुममार्फत उक्त योजना सञ्चालन हुने जनाएको छ।
कम्पनीका अनुसार अफरअन्तर्गत याडियाका स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन्। साथै, जुनसुकै ब्रान्डको पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप आकर्षक एक्सचेन्ज मूल्यांकनको सुविधा पनि उपलब्ध गराइनेछ।
ग्राहकको खरिद अनुभवलाई अझ सहज र किफायती बनाउन शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसका अतिरिक्त स्कुटर खरिद गर्ने ग्राहकलाई रेनकोट र हेल्मेट समेत उपहारस्वरूप प्रदान गरिनेछ।
कुजु नेपालका अनुसार मनसुनको समयमा ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्नुका साथै पुराना पेट्रोलबाट चल्ने दुईपाङ्ग्रे सवारीबाट आधुनिक तथा वातावरणमैत्री विद्युतीय स्कुटरतर्फ आकर्षित गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।
सन् २००१ मा स्थापना भएको याडियाले आफूलाई विश्वका अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादकमध्ये एकका रूपमा स्थापित गर्दै आएको छ। कम्पनीका अनुसार याडियाले हाल विश्वका १५० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्