Advertisement GIF
कल्पवृक्ष
भाद्र १८ बिहीबार, ९:११ पूर्वाह्न
सुवेदीको बालगीत ‘मेरो जन्मदिन’ सार्वजनिक

‘बालबालिकाका निम्ति बालगीत’ अभियानअन्तर्गत किताब- चरो नेपाल र जुगल स्कुल ललितपुरको सहकार्यमा निर्माण भएको बालगीत “मेरो जन्मदिन My Birthday” जुगल स्कुलमै एक औपचारिक कार्यक्रमका साथ विमोचन गरिएको छ |

यो बालगीत प्रस्तुत अभियानको १०८ औँ भिडियो हो |  एकजना नानीले आफ्नो जन्मदिनमा मानव सेवा आश्रममा असाहायलाई खाना खुवाएको, बाटोका कुकुरहरूलाई खान दिएको, बिरूवा गोडमेल गरेको, साथीहरूलाई पेन पेन्सिल बाँडेको, आमा बुवा र गुरूलाई आदर गरेको आदि सपना देख्छिन् |

फजुल खर्च नगरी असल सत्कर्ममा जन्मदिनलाई समर्पित गर्न प्रस्तुत बालगीतले प्रेरणा दिन्छ | प्राडा रामकुमार पाण्डे, वरिष्ठ गीतकार रामबाबु सुवेदी, बालसाहित्यकार शान्ती सापकोटा, ललितपुर-२३ का वडाध्यक्ष जीवन महर्जन, जुगल स्कुलका प्रिन्सिपल ईश्वर के.सी र सुमन केसी,बालगायिका स्मृति तामाङ, भिडियो निर्देशक आचार्य गोपाल, बालकलाकार इशिका शिवभक्तीलगायत जुगल स्कुलका बालबालिकाको कार्यक्रममा सहभागीता थियो |

यो गीतका सर्जक रामबाबु सुवेदी हुनुहुन्छ ।

कार्यक्रममा बोल्दै अतिथिहरूले प्रस्तुत बालगीतले जन्मदिनमा सिर्जनशिलता, सहयोगी भावना जागृत गर्न बालबालिकालाई प्रेरणा मिल्ने बताए | प्रस्तुत बालगीत “रामबाबु सुवेदी अफिसियल Rambabu Subedi Ofiicial” नामक युटुब च्यानलमा अंग्रेजी सबटाइटसहित संसारभरका बालबालिकाले हेर्न सक्नेछन् |