Advertisement GIF
कल्पवृक्ष
चैत्र २० शुक्रबार, ११:०३ अपराह्न
पक्राउ परे शंकर समूहका अध्यक्ष अग्रवाल

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अग्रवाल पक्राउ परेका हुन् । प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा अनुसन्धान गर्न अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो ।

अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार दिउँसो ४ बजेबाट बयान लिएर जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखेको छ ।