हेटौँडाबाट काठमाडौँ वैकल्पिक राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा आइतबार ६ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका–६, जुरीखेतमा दुर्घटनाग्रस्त भएको ना१ज १७७८ नम्बरको टाटा सुमोमा सवार उनीहरुको मृत्यु भएको हो । सुमो सडकबाट करिव १ सय मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक यात्रारत थिए । दुर्घटनापछि ९ जनामध्ये ७ जनाको अवस्था गम्भीर थियो । जसमध्ये ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम खुल्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्