Advertisement GIF
कल्पवृक्ष
श्रावण ५ सोमबार, ४:१९ अपराह्न
सेयर बजार २८९२ अंकमा : ११ महिनाकै उच्च बिन्दु

सेयर बजारको पछिल्लो परिसूचक २८९२ अंकमा पुगेको छ । यो गत ११ महिनाकै उच्च हो । सोमबार (आज) नेप्से २१ दशमलव ७६ अंकले बढेर २८९२ अंकमा पुगेको हो ।

बजारको पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ, जुन नयाँ रेकर्ड हो र गत १८ फागुनको रेकर्ड पार गरेको छ। आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ, तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको र तीन कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ।आइतबार २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोड रुपैयाँको भयो ।