Advertisement GIF
सिन्धिया घरानाको खर्बौँको सम्पत्ति डा. धवल र पशुपतिको हातमा आउँदै

भारतको सिन्धिया परिवारको सम्पति विवाद अन्त्य भएको खबरसँगै राष्ट्रवादी नेता डा धवलशम्शेर राणा र पशुपतिशम्सेर राणाको परिवारलाई एकएक खर्ब रुपैयाँ लाभ हुने समाचार सार्वजनिक भएको छ ।

पशुपतिशम्सेरकी धर्मपत्नी उषा राजे जस्तै डा धवलशम्सेरकी धर्मपत्नी प्रतिमा, सिन्धिया परिवार भित्रका हकवाला हुन् । स्वर्गीय महाराजा जीवाजी राव सिन्धिया र स्वर्गीय राजमाता विजायराजे सिन्धियाका पाँच सन्तान छन् । तीमध्ये धवलशम्सेरकी धर्मपत्नी प्रतिमाकी आमा पद्मा राजे जेठी छोरी हुन् भने पशुपतिशम्सेरकी धर्मपत्नी उषा राजे माइली छोरी ।

त्यसैगरी तेस्रो सन्तानको रुपमा एकमात्र छोरा स्वर्गीय माधवराज सिन्धिया हुन् भने साइली छोरी बसुन्धरा राजे र यशोधरा राजे कान्छी छोरी हुन् । जीवाजी राव र विजायराजेका पाँच सन्तानमध्ये पद्मा राजे र माधवराज सिन्धियाको निधन भइसकेको छ भने बाँकी तीन छोरीहरु जिवित छन् । माधवराज सिन्धियाको अंश प्राप्त गर्ने हकवालाको रुपमा उनका छोरा र छोरी क्रमशः ज्योतिरआदित्य र चित्राङगधा राजे छन् भने पद्मा राजेका हकवालाको रुपमा कनिका र प्रतिमा छन् ।

जीवाजी राव र विजायराजे सिन्धियाका पाँच सन्तानलाई प्राप्त हुने अंश धवलशम्सेरकी पत्नी प्रतिमालाई समेत प्राप्त भएको छ । सिन्धिया परिवारकी जेठी छोरी पद्मा राजेमार्फत कनिका र प्रतिमा हकवाला हुन् भने माधवराजको अंश प्राप्त गर्ने हकवाला ज्योतिरआदित्य र चित्राङगधा छन् ।

सिन्धिया परिवारको सम्पति बाँटफाँटबाट सबै अंशियारले एक खर्ब बराबरको सम्पति प्राप्त गर्ने भएपछि नेपालमा विवाह गरेका धवलशम्सेरकी पत्नी प्रतिमा र पशुपतिशम्सेरकी पत्नीले समेत सोही बराबर लाभ प्राप्त गर्ने चर्चा छ । यो परिवारको सम्पत्तिको मुद्धा लामो समय चलेको थियो । हाल भने मुद्धालाई परिवारभित्रैबाट मिलाएर मिलापत्र गरेपछि अंशियार सबैको नाममा भागबण्डा हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

यसमा राष्ट्रवादी नेता तथा राजसंस्था पक्षधर नयाँ दलको घोषणा गर्ने तयारीमा रहनु भएका डा राण र पशुपतीशम्शेरले भने कुनै प्रतिकृया दिनु भएको छैन ।