Advertisement GIF
मोटरसाइकल दुर्घटनका दुई जना घाइतेको सशस्त्रद्वारा उद्धार

कास्की जिल्लाको मादी गाउँपालिका–५, काउरेमा असार २९ (आज) मोटरसाईकल दुर्घटनामा परी घाइते भएका दुई जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । स्थानीय थाकदेखि काउँखोलातर्फ जाँदै गरेको ग११प ८९४० नम्बरको मोटरसाईकल गति अनिन्त्रित भई सडकबाट करीव ३० मिटर तल खसेको थियो ।

दुर्घटनाको अस्थायी प्रहरी चौकी छाचोकले जानकारी गराएपछि सशस्त्र प्रहरी बल, नेपाल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश छाचोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्वार गरेको हो । दुर्घटनामा परी सोही गाउँपालिका–७ घर भएका हाल रुपा गाउँपालिका–१ बस्ने ३४ वर्षिय आकाश मल्ल र सोही ठाउँको भुमरे बस्ने अन्दाजी ५७ वर्षिय टेकबहादुर मल्ल घाइते भएका छन् ।

उद्वारपछि उनीहरु दुवैजनालाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । घाइतेमध्ये टेकबहादुर मल्लको अवस्था गम्भीर रहेको बताइएको छ ।