Advertisement GIF
कल्पवृक्ष
पुस २० आइतबार, १:४६ अपराह्न
पाथीभरामा दोस्रो पटक हिमपात

पूर्वको प्रशिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा भारी हिमपात भएको छ । यो क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो । यहाँ गत ६ मंसिरमा पहिलो पटक हिमपात भएको थियो ।

समुद्र सतहदेखि ३ हजार ७ सय ९४ मिटरमा पाथीभरा मन्दिर रहेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हिजो शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । हिमपात भएपनि श्रद्धालुहरु पाथिभरा गइरहेका छन् ।