धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीसँगै त्रिशूली नदी किनारमा मंगलबार (आज) बिहान चितामा जल्दै गरेको लाश बाढीले बगाएको छ । अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ।
बिहान ९ बजेतिर जल्दै गरेको लाश नदीमा अचानक बाढी आएपछि बगाएको हो । यो बाढी चीनतर्फ पानी परेर अचानक आएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । चितामा लाश प्राय जलिसकेको तर चिता भने बाँकी नै रहेको अवस्थामा बाढीले बगाएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्