Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २४ आइतबार, १:२१ अपराह्न
रास्वपा दुईतिहाइ ल्याउँदै

निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ ल्याउने देखिएको छ । प्रत्यक्षतर्फ १२४ देखि १२५ र समानुपातिकमा करिव ६० सिट जित्ने आङ्कलन गर्न थालिएको छ । पछिल्लो परिणामअनुसार रास्वपाले ११० सिट जितिसकेको छ भने १५ सिटमा अगाडि रहेको छ । समानुपातिकतर्फ १५ लाख मत कटाइसकेको छ । उसको मत रेसियो ५० देखि ५३ प्रतिशतको दरमा आइरहेको छ । जसबाट समानुपातिक सांसद संख्या ६० भन्दा बढी हुने देखिन्छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसले १६ मा जित र १ स्थानमा अगाडि रहेको छ । एमालेले ७ जित, ३ मा अगाडि र नेकपाले ५ जितेको छ भने ३ मा अगाडि रहेको छ । श्रम संस्कृति पार्टीले १ जित र २ अग्रस्थानमा छ । स्वतन्त्र महावीर पुन तथा राप्रपाबाट ज्ञानेन्द्रबहादुर साही निर्चाचित भएका छन् । कांग्रेसले २३, एमालेले १७, नेकपाले ८ र राप्रपाले ४ सिट समानुपातिकमा ल्याउने आङ्कलन गर्न थाालिएको छ ।