Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २५ सोमबार, १०:१७ अपराह्न
धनुषा– १ मा नेकपाका यादव नै निर्वाचित

धनुषा –१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव निर्वाचित भएका छन् । उनलाई निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाणपत्र दिएका हुन् ।
रास्वपाकी उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज भएपछि यो मतगणना विवादित छ र सर्वाेच्च अदालतले मतगणना रोक्न निर्देशन दिए पनि अन्ततः निर्वाचन अधिकृतले दबाबबीच निर्वाचित भएको प्रमाणपत्र दिएका हन् ।

यहाँ यादवले १० हजार ४०३, कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत पाएका छन् । शाहको उम्मेदवारी खारेज भएका कारण उनको मत गणना भए पनि सार्वजनिक गरिएको छैन । शाहले यादवभन्दा करिव १३ हजार बढी मत ल्याएकी छन् । यो मुद्धा अब सर्वाेच्चले फैसला गरेपछि शाहले जित्न पनि सक्ने देखिन्छ ।