Advertisement GIF
बालेन प्रभाव : प्रधानमन्त्री बनेपछि नेप्सेमा उत्साहजनक उछालको सम्भावना

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहको लोकप्रियता अहिले थप बढेको अनुभूति भइरहेको छ, नेपालको राजनीतिमा । उनका समर्थक र लगानीकर्ताबीच एकै प्रश्न उठिरहेको छ, बालेन प्रधानमन्त्री बनेपछि नेपालको सेयर बजार अर्थात नेप्से सूचक कता पुग्ला ?

सेयर बजार केवल आर्थिक सूचकांक र तथ्यांकमा निर्भर हुँदैन। लगानीकर्ताको मनोविज्ञान, राजनीतिक स्थिरता र अपेक्षाले बजारमा ठूलो प्रभाव पार्छ। काठमाडौंमा देखाइएको बालेनको कार्यशैली, पारदर्शिता, अनुशासन र निर्णायक क्षमता बजारका लागि सकारात्मक संकेतको रूपमा लिइन थालिएको छ।

बालेन प्रधानमन्त्री बन्ने समाचार सार्वजनिक भएपछि छोटो अवधिमा लगानीकर्तामा उत्साह बढिरहेको छ । जसले दैनिकजसो नेप्से उकोलो यात्रामा छ ।
नेप्सेका जानकारहरुका नेप्से सूचकमा १००–३०० अंकको उछाल देखिन सक्छ र हालको स्तरबाट बजार ३०००–३२०० अंकको दायरामा सजिलै पुग्न सक्छ। यस्तो प्रभावलाई विशेषज्ञहरूले ‘भावनामा प्रेरित उछाल’ भन्छन्, जहाँ अपेक्षाले बजारलाई गति दिने मानिन्छ।

तर दीर्घकालीन रूपमा बजारको दिशा केवल व्यक्तिको लोकप्रियतामा निर्भर हुँदैन। सरकारले नीतिगत सुधार, पूर्वाधार विकास, जलविद्युत् र वित्तीय क्षेत्रको स्थायित्वमा ध्यान दिएको खण्डमा बजार थप उकालो यात्रा तय गर्न सक्छ। दीर्घकालीन अवस्थामा नेप्से ३५००–४००० अंकसम्म पुग्ने सम्भावना पनि रहन्छ।

सेयर बजारमा जोखिम पनि उत्तिकै छ। राजनीतिक गठबन्धनको संरचना र नीति कार्यान्वयनमा ढिलाइ वा अस्थिरताले लगानीकर्ताको विश्वास घटाउन सक्छ। यस्तो अवस्थामा बजारमा गिरावट आउन सक्ने संकेत पनि रहन्छ।

समग्रमा हेर्दा, बालेन प्रधानमन्त्री बनेको खण्डमा छोटो अवधिमा उत्साहजनक उछाल आउने प्रबल सम्भावना छ। तर दीर्घकालीन बजारको स्थायित्व सरकारको नीतिगत कार्यसम्पादनमा पूर्ण रूपमा निर्भर रहनेछ। लगानीकर्ताले भावनामा होइन, तथ्य र रणनीतिमा आधारित निर्णय लिनु आवश्यक देखिन्छ।

बालेनको मन्त्रिपरिषद्मा अर्थमन्त्री को हुने ? यसले पनि नेप्सेमा प्रभाव पार्छ । सेयर बजारमैत्री अर्थमन्त्री आएभने नेप्सेले नसोचेको उछाल मच्चाउने र सेयरप्रति नकारात्मक सोच राख्ने अर्थमन्त्री आएभने केही दिन उछाल देखिए पनि अन्ततः सेयर बजार २ हजार ५ सय अंककै हाराहारीमा रहन सक्ने अनुमान पनि गरिन्छ ।