Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २ शनिबार, ६:३५ अपराह्न
मानव धर्म सेवा समितिमा १०९ युनिट रगत संकलन

हिन्दु धर्मावलम्बीहरूको महान् चाड महाशिवरात्रिको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा एक सय नौ युनिट रगत सङ्कलन भएको छ।

राजधानीको गौशालास्थित समितिको केन्द्रीय कार्यालयमा शनिबार आयोजित उक्त कार्यक्रममा एक सय नौ जनाले उत्साहजनक रूपमा रक्तदान गरेका हुन्। ुरक्तदान जीवन दान, आत्मज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान भन्ने नाराका साथ यो कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले विज्ञानले संसारमा धेरै आविष्कार गरे पनि रगतको विकल्प अहिलेसम्म बनाउन नसकेको उल्लेख गर्नुभयो। उहाँले रगतको बढ्दो माग पूरा गर्ने एकमात्र विकल्प मानव हुनुको नाताले गरिने रक्तदान नै भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘दानमध्येको सबैभन्दा ठूलो दान रक्तदान नै हो।’

आध्यात्मिक र सामाजिक संस्थाका रूपमा विश्वभर परिचित यस संस्थाले विभिन्न अवसरमा रक्तदानसहित देशभर सरसफाइ र शैक्षिक सामग्री वितरणजस्ता परोपकारी कार्यहरू पनि गर्दै आएको छ।