चौतर्फी बदनामी कमाउँदै आएको सरकारले कुनै तिकडम गरेन भने नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आइजीपी) तेह्रथुमे चन्द्र्रकुवेर खापुङ बन्नु हुनेछ । यही भदौं १८ गते हालका आइजीपी दिपक थापाको कार्यकाल पूरा हुने र नयाँ आइजीपीमा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) खापुङ महानिरीक्षक बन्नु हुने भएको हो । आफ्नो ब्याचका अन्य प्रतिस्पर्धी नभएकोले उहाँ अन्तत : निर्बिकल्प महानिरीक्षक बन्न लाग्नु भएको हो ।
प्रहरीमा अहिले दानबहादुर कार्की, डा मनोज केसीसमेत चार जना खापुङका प्रतिस्पर्धी हुन् । तर, २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त खापुङभन्दा उनीहरु जुनियर हुन् । जसकै कारण सरकारले सिनियरलाई छोडेर जुनियरलाई आइजीपी बनाउन कठिन देखिन्छ । किनकि जुनियरलाई आइजीपी बनाउँदा सरकारप्रति थप बितृष्णा फैलने पक्का छ । खापुङ प्रहरीमा निस्कलङ्क छवि भएका अधिकृतका रुपमा पनि लोकप्रिय हुनुहुन्छ । उहाँ २ महिना ९ दिनमात्र आइजीपी बन्ने र त्यसपछि भने एआइजीहरु दानबहादुर कार्की, डा मनोज केसीको टोलीबाट एक जना आइजीपी बन्ने छन् ।
नयाँ प्रहरी ऐन आउने र हालका आइजीपीसमेतको ६ महिना म्याद थप हुने चर्चाबीच तत्काल त्यो सम्भव देखिएको छैन । राज्य व्यवस्था समितिका सभापति नै नभएको अहिलेको अवस्थामा समिति सभापति चयन र त्यसले छलफलपछि गर्ने निर्णयपछिमात्र ऐन आउन सक्छ । तर, समयअभावले त्यो प्राय असम्भव छ ।
प्रतिक्रिया दिनुहोस्