Advertisement GIF
कल्पवृक्ष
चैत्र १४ शनिबार, ९:५१ पूर्वाह्न
दाउन्नेमा मध्यरातमा दुर्घटना ३ जनाको मृत्यु

पश्चिम नवलपरासीको दाउन्ने ओरालो शुक्रबार मध्यरात एक भयानक दुर्घटनाको साक्षी बन्यो। सामान्य यात्रामा निस्किएका यात्रुहरूका लागि त्यो रात कहिल्यै नबिर्सिने पीडामा बदलियो।

राति करिब १२ बजेर ४० मिनेट जाँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४, घिउखोलामा भएको दुर्घटनामा तीन जनाले ज्यान गुमाए भने १५ जना घाइते भए। मृतकमध्ये रोल्पा बागमाराका नबिन बुढाको पहिचान खुलेको छ भने अन्य दुई जना करिब २५ वर्षका युवक रहेको अनुमान गरिएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको मालबाहक ट्रकले अगाडि गइरहेको पिकअपलाई ठक्कर दिएको थियो। त्यसपछि नियन्त्रण गुमाएको ट्रक र पिकअपले रोकिराखेको यात्रुबाहक बसलाई समेत ठक्कर दिएको हो । बस करिब २ सय मिटर तल खसेको थियो भने ट्रक १ मिटर मिटर तल झरेको थियो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।