काभ्रेको बनेपामा टिपरको ठक्करले बुधबार (आज) बिहान स्कुटर चालकको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२– ०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि आक्रोसित स्थानीयले टिपर जलाएका छन् भने प्रदर्शन गरिरहेका छन् ।
स्कुटर चालकको नाम खुल्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्