Advertisement GIF
कल्पवृक्ष
चैत्र २१ शनिबार, ९:४२ अपराह्न
महिला उद्यमी अन्तर्राष्ट्रिय मेला : अवलोकनकर्ताको भीड

नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा शुक्रबार र शनिबार अवलोकनकर्ताको भीड नै लागेको छ । महिला उद्यमीका उत्पादनलाई वर्षभरि नै बजार उपलब्ध गराउने उद्देश्यले आयोजित यो मेलामा २० हजारभन्दा धेरैले अवलोकन र किनमेल गरेका छन् ।

मेलामा दुई दिनमा एक करोड रुपैयाँ बढीको कारोबार भएको छ । मेलामा दुई हजार जनाले अवलोकन गरेको महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष तथा मेला आयोजक समिति संयोजक सुनिता वैद्य श्रेष्ठले जानकारी दिनु भयो । शुक्रबार ९हिजो० उपराष्ट्रपति रामसहाय यादवले ललितपुरको सानेपास्थित ह्यारिटेज गार्डेनमा तीन दिने अन्तर्राष्ट्रि व्यापार मेला सुरु भएको हो ।

यो मेलामा ७ प्रदेश र ७७ जिल्लाका ३ सय उद्यमीले स्टल राखेका छन् । महिला उद्यमीहरुका हस्तकला, खाद्य परिकार, कपडा, सौन्दर्य सामग्री तथा रैथाने उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। महिलाका उत्पादनलाई वर्षभरि नै बजार उपलब्ध गराउने उद्देश्यले स्थायी शोरुम तथा स्टल व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिएको छ। यो मेलाले भविष्यमा पनि महिलाहरुका उत्पादनलाई बजारिकण गर्न सहयोग पुग्ने मेला संयोजक वैद्य श्रेष्ठले आशा व्यक्त गर्नु भएको छ । करिव २ करोड रुपैयाँको कारोबार हुने अपेक्षा राखिएकोान दुई दिनमा एक करोडबढी कारोबार भएको हो ।

आज यही मेलाको अवसरमा अर्को हलमा व्यवसाय–देखि–व्यवसाय (B2B) सत्र तथा डिजिटल लेंडिङ सम्बन्धी सत्र सफलतापूर्वक आयोजना गरिएको थियो।