संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिबियामा सञ्चालित शान्ति स्थापना कार्यका लागि नेपाली सेनाको टोली अदलीबदली भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार संयुक्त राष्ट्र सङ्घीय मिशन (United Nations Support Mission in Libya – UNSMIL) मा तैनाथ श्री नयाँ भैरवीदल गुल्म सातौँ डफ्फालाई बदली गर्नका लागि गुरूबक्स गुल्म आठौँ डफ्फाका ४२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
२०८३ ज्येष्ठ २१ गते प्रस्थान गरेको उक्त टोलीले त्यहाँ गुडिरहेको मिसनको जिम्मेवारी सम्हाल्ने छ। यसका साथै लिबियामा आफ्नो सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका ६१ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन्। नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाको प्रतिबद्धता बमोजिम हाल उक्त संयुक्त राष्ट्र सङ्घीय मिसनमा नेपाली सेनाका कुल २१३ जना शान्ति सैनिकहरू निरन्तर कार्यरत रहेका छन्।
प्रतिक्रिया दिनुहोस्