बाजुरा र हुम्लाको सीमामा भएको विवादित स्थलमा सशस्त्र प्रहरी बल, नेपालको टोली शनिबार पुगेको छ । दुई जिल्लाको सीमामा विवाद भएको स्थान लाम्पाटामा सशस्त्र प्रहरी पुगेको हो ।
तीन दिनअघि त्यसतर्फ हिडेको टोली अस्थायी बेस बनाएर त्यहीँ केही दिन बस्ने सशस्त्र मुख्यालयले जनाएको छ । सुरक्षा अवस्थालाई सामान्य तुल्याउन र शान्ति सुरक्षा कायम गर्न लाम्पाटामा अस्थायी सुरक्षा बेस स्थापनाको तयारी गरिएको छ।
अस्थायी सुरक्षा बेसमा खटिएको उक्त टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै सिधै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गरिने बताइन्छ । टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्