Advertisement GIF
प्रधानमन्त्री कार्की र उबामसंघ अध्यक्ष ढकालबीच भेटवार्ता

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज (मंगलबार) प्रम निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
अध्यक्ष ढकालले भन्नु भयो, ‘भैले भेटमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निजी क्षेत्रको तर्फबाट उहाँलाई धेरै धेरै बधाई तथा धन्यवाद व्यक्त गरेँ।’ प्रत्युत्तरमा प्रम कार्कीले निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले पुर्‍याएको रचनात्मक सहयोगको प्रशंसा गर्नु भएको छ ।

भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको ढकालले जानकारी दिनु भयो ।