Advertisement GIF
कल्पवृक्ष
चैत्र २० शुक्रबार, ११:५० अपराह्न
कृषि तथा पशुपन्छी बीमासम्बन्धी अन्तर्क्रिया

देशको निर्जीवन बीमा क्षेत्रमा विगत ३० वर्षदेखि सेवा दिँदै आएको नेको इन्सुरेन्सले कृषि तथा पशुपन्छी बीमासम्बन्धमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। सरकारको प्राथमिकतामा रहेको कृषि बीमा क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका कृषि विभाग र पशु सेवा विभाग का पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कम्पनीले केही वर्षअघि ‘नेकोको अभियान, कृषिमा योगदान’ कार्यक्रमअन्तर्गत कृषि तथा पशुपन्छी बीमालाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। नेपाल कृषि प्रधान देश भएकाले किसानहरूले बीमा गर्दा भोग्नुपरेका समस्या तथा चुनौतीहरू कार्यक्रममा उठाइएको थियो।
कार्यक्रममा कम्पनीका कर्मचारीहरूले बीमा कार्यान्वयनका क्रममा भोगेका अनुभवहरू प्रस्तुत गरेका थिए। ती समस्याहरू समाधानका लागि सम्बन्धित निकायका पदाधिकारीहरूले व्यवहारिक उपायहरू सुझाएका थिए। कार्यक्रम रमेशकुमार निरौलाको अध्यक्षता तथा बिमा प्राधिकरणका कार्यकारी अधिकृत सुशीलदेव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अशोककुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

त्यस्तै, डा उमेश दाहाल, ललनकुमार सिंह, डा सुरज गुरुङ तथा निशा घिमिरेले सहभागीहरूले उठाएका जिज्ञासाहरूको उत्तर दिएका थिए भने कार्यक्रमले कृषि तथा पशुपन्छी बीमालाई अझ प्रभावकारी, पहुँचयोग्य र किसानमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।