Advertisement GIF
कल्पवृक्ष
असार २९ आइतबार, ७:३७ अपराह्न
तामाङ र लामाले चोरे दुई वटा कार

उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरिएका दुईवटा कारसहित चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको छ । बा१६च ३१३१ नम्बरको स्वीफ्ट कारसहित रामेछापको दोरम्बा गाउँपालिका– ४ घर भएका र हाल काठमाडौँको जोरपाटी बेशीगाउँ बस्ने ४० वर्षीय धनबहादुर तामाङ र कागेश्वारी मनोहरा नगरपालिका– ८,शिवचोबाट बा१६च ४० १७ नम्बरको स्वीफ्ट कारसहित सिन्धुलीको गोलन्जोर गाउँपालिका– ३ का ३९ वर्षीय मोहन लामालाई काठमाडौँको बौद्धबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

यी दुबै कार यातायात ब्यवस्था कार्यालय, एकान्तकुना र सम्बन्धित सुजुकी आधिकारिक कम्पनीमा समेत अभिलेखमा छैनन् । ट्राफिकले यी कार (आज) आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।