Advertisement GIF
कल्पवृक्ष
चैत्र २५ बुधबार, ८:५३ अपराह्न
इलाममा ‘दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव’ हुँदै

-अस्मिता राई/इलाम

इलाम जिल्लाको देउमाई नगरपालिका– ३, पानिटारस्थित खेल मैदानमा ‘दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव’ हुने भएको छ। पर्यटन विकासका लागि युवा’ संस्थाको आयोजनामा महोत्सव २०८२ साल चैत्र २८ गतेदेखि २०८३ साल वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति आकर्षणका रूपमा रहनेछ। साथै स्थानीय मौलिक झाँकी, भेषभूषा तथा कला–संस्कृतिको प्रदर्शनले कार्यक्रमलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। खेलकुदतर्फ खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा १० किलोमिटर म्याराथन दौड समावेश गरिएको छ। बालबालिका तथा परिवारका लागि विविध मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिने क्रार्यक्रम रहेको छ।

कृषकहरूलाई लक्षित गरी कृषि विज्ञहरूबाट परामर्श तथा आधुनिक कृषि प्रविधिको प्रदर्शनीसमेत राखिने आयोजकले जनाएको छ। यसका साथै, पुराना ऐन्टिक सामग्री तथा देउमाई क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउने फोटो प्रदर्शनी पनि रहनेछ। नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको उक्त महोत्सवले देउमाई क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

आयोजकले सबैलाई महोत्सवमा सहभागी भई देउमाईको आतिथ्यता र सुन्दरताको अनुभव लिन आग्रह गरेको छ।