Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २ शनिबार, १२:५५ अपराह्न
आर्यावर्तपञ्चाङ्गम्– २०८३ सार्वजनिक

सनातन वैदिक ज्ञान विज्ञान केन्द्र, काठमाडौंले अगामी वर्ष २०८३ को ‘आर्यावर्तपञ्चाङ्गम्– २०८३’ पात्रो सार्वजनिक गरेको छ । यो पात्रो सिद्धान्तज्योतिषाचार्य, कलाचार्य तथा शिक्षाशास्त्री डा नारायणप्रसाद निरौला र सिद्धान्तज्योतिषाचार्य डा वाशुदेवकृष्ण शास्त्रीले लेखन तथा सम्पादन गर्दैै सार्वजनिक गर्नु भएको हो । डा निरौला केन्द्रका पञ्चाङ्गकार र गणक हुनुहुन्छ भने डा शास्त्री (जनसेवा श्री तृतीय नेपाल विद्याभूषण ‘क’ बाट विभूषित) निर्देशक रहनु भएको छ ।

यो पञ्चाङ्गमा २०८३ सालभित्रका व्रतबन्धका शुभ मुहूर्त, विवाहमुहूर्तका तिथि र मितिसमेत समावेश गरिएको छ । अन्य पात्रो भन्दा सरल रुपमा लेखिएको पात्रोमा सर्वार्थसिद्धियोग– ०८३ पनि समावेश गरिएको छ । ११६ पेज भएको पात्रोको मूल्य २ सय रुपैयाँ राखिएको छ ।

पात्रोमा वर्षफलम्,वर्षलग्न, जगल्लगकुण्डली, विद्या, वर्षफलम्, वार्षिक भविष्यफल, माङ्गलिकदोष, शान्ति, नाडीदोष, वार्षिक राशिफल, नेपालका ७७ जिल्लाका अक्षाँश देशान्तर र समयान्तर उल्लेख गरिएको छ । वेद, वेदाङ्ग परिचय, ज्योतिषशास्त्र परिचय, पञ्चाङ्ग परिचयसमेत यो पात्रोमा पढ्न पाइने छ । ज्योतिषका प्रायः सबै विषयलाई संक्षेपमा उल्लेख गरिएको छ ।

j