Advertisement GIF
कल्पवृक्ष
वैशाख ३ बिहीबार, १०:०९ अपराह्न
पूर्व सैनिकहरुको सम्मेलन बर्दिवासमा, करिव २५ सय  सहभागी

नेपाली सेनाले ‘पूर्व सैनिक सम्मेलन–२०८२’ अन्तर्गत मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने विभिन्न जिल्लामा पूर्वसैनिक सम्मेलन सम्पन्न गरेको छ ।
यो पृतनाअन्तर्गत बर्दिवासमा आयोजित मुख्य सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्च अधिकृतहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । उक्त सम्मेलनमा करिब दुई हजार पाँच सय अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारजनको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा आयोजित कार्यक्रममा पूर्व सैनिक तथा एकल महिलालाई सम्मान गरिएको थियो भने उत्कृष्ट उद्यमीहरूलाई पुरस्कार वितरण गरिएको थियो । यसैक्रममा फरक क्षमता भएका तथा अशक्त ८ जना पूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गरिएको जानकारी दिइएको छ ।

नेपाली सेनाले यस्ता कार्यक्रममार्फत सेवा निवृत्त सैनिक र संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने, कल्याणकारी कोषलाई दीगो बनाउने तथा पूर्व सैनिकका हितका लागि शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा सहयोग पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।आर्थिक वर्ष २०८२र८३ अन्तर्गत मध्य पूर्वी पृतनाका हिमाली तथा पहाडी जिल्लाहरूमा वैशाख ५ गते पनि यस्तै सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।