राजधानीको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्ट प्रमाणित भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको हो । अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहरमात्र गरेन सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्ष पुसमा बस्नेतविरुद्ध मुद्धा दायर गरेको थियो ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित मेयर बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस दिएको आरोप थियो । अदालतले उक्त आरोपको पुष्टि गरेको छ । साथै अख्तियारले सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको थियो। त्यसमा पनि अदालतले दोषी देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्